समाचार

  • तिङ्लामा आयोजित भलिबल प्रतियोगितामा सात खेल सम्पन्न ।

    news

    याङजी राई 
    सोलु एफ.एम २ पुुस 
    सोलुखुम्बु ः सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्ला बरबोट आधारभूत विद्यालयमा हिरक महोत्सवको अवसरमा भविबल प्रतियोगितामा ७ खेलहरु सम्पन्न भएका छन् । वडा नम्बर ११ भित्रका विभिन्न क्लव, सस्था, विद्यालय बीचको पुरुष भलिबल प्रतियोगिताको दोश्रो दिन ७ समूहका खेलहरु सम्पन्न भएको हो ।
         सेतीदेवी युवा क्लव बि समूहलाई हराउदै मिरमिरे युवा क्लव ए समूह सेमिफाईनलमा प्रवेश गरेको छ । भीमशेन थान माध्यमिक विद्यालय मुडे बि र मिरमिरे युवा क्लव बि बीच खेल हुनेछ । मंगलबार खेल बिहान ७ बजेबाट हुने आयोजकले जनाएको छ ।
         प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुने समूहलाई क्रमश २५ हजार,१५ हजार,१० हजार,५ हजारको साथमा ट्रफी,मेडलको साथमा प्रमाण पत्र वितरण गरिनेछ । यस्तै सर्वोत्कृष्ट सटर,ब्लकर,सर्भर,डिफेन्सलाई मेडल,प्रमाणपत्र र उत्कृष्ट पोशाकलाई कप,ट्रफी र मेडल प्रदान गरिने विद्यालय शिक्षक ज्ञान बहादुर बस्नेतले जानकारी दिनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org