समाचार

  • डेढ वर्षदेखि खोरभित्र वन्धक महिलाको उद्दार

    news

    रामधन राईर
    सोलु एफ.एम ३ पुस 
    खोटाङ,डेढ वर्षदेखि काठ र तारजालीको खोरमा वन्धक वनाईएको खोटाङकी एक
    महिलालाई उद्दार गरिएको छ । २०७४ साल असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएलगत्तै बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्दार गरेको हो । उद्दार गरिएकी महिलालाई श्रीमान्को साथमा थप उपचारका लागि मङ्गलबारै काठमाडौं पठाइएको जनाइएको छ ।
    स्थानीय चक्रबहदुर तामाङको जन्तरे छोराको श्रीमती रमिला विवाह बन्धनमा बाँधिएको सात वर्षपछि बहुलाएको आरोप लगाउँदै खोरमा बन्धक बनाईएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले प्रहरीको रोहबरमा उद्दार गरेको हो । काठको टाँड बनाएर चारैतिर जालीले बारी खोरमा राखेको अवस्थाबाट पीडित महिलालाई उद्दार गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । 
    बन्दी जीवन बिताइ रहेकी रमिलाको अवस्था हेर्दा र कुराकानी गर्दा उनलाई त्यसरी बन्धक बनाउनुपर्ने कुनै कारण नदेखिएको सामाजिक सञ्जालमा उल्लेख गरिएको थियो ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org