समाचार

  • सोलुदुधकुण्ड नगरपालिकाले ८२ मुद्दाको फैसला ग¥यो ।

    news

    सोलु एफ.एम ४ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बुको सालुदुधकुण्ड नगरपालिकामा ८२ वटा मुद्दा परेका छन् । जनप्रतिनिधि आए पछिको समयमा यि मुद्दा दर्ता भएको नगरपालिकाकी उप–मेयर कल्पना राईले बताउनु भयो । 
    नगरपालिकामा दर्ता भएका मुद्दाहरु मध्ये ५ वटा मुद्दाको फैसला गरिएको तथा अन्य मुद्दा मेलमिलापमाबाट फछ्यौट गरिएको राईले जानकारी दिनुभयो । नगरपालिकाले फैसला गरेका मुद्दाहरुमा २ वटा सम्बन्ध विच्छेदनका रहेका छन । सम्बन्ध विच्छेदका मुद्दामा पुरुष वादी भएका मुद्दा रहेको राईले जानकारि दिनुभयो । त्यस्तै माना चामलको २ र जग्गा मिचेको १ मुद्दाको फैसला गरिएको न्याय समिति संयोजक समेत रहनु भएकी उप मेयर राईले बताउनु भयो । 
    सम्बन्ध विच्छेदका २ मुद्दा पुरुषबादी रहेको र ति मुद्दा नगरपालिकाबाट जिल्ला अदालतमा जानका लागि फैसला गरिएको उहाँको भनाइ छ । सम्बन्धि विच्छेदका अन्य मुद्दा भने नगरपालिकाले नै कार्यान्वयन हुने गरि फैसला गरेको उहाँले बताउनु भयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org