समाचार

  • नगरपालिकाले आयोजना गरेको स्वाथ्य शिविरमा सात सय बढीलाई सेवा प्रदान ।

    news

    सोलु एफ.एम ५ पुस 
    सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा सञ्चालित स्वाथ्य शिविरमा ७ सय ७८ जानाले सेवा लिएका छन् । मंसिर २६ गते देखि नगरपालिकाको ९ वटा स्वाथ्य चौकिमा सञ्चालन गरिएको शिविरबाट ७ सय ७८ जनाले सेवा लिएका हुन् ।
         शिविरको अन्तिम दिन विहिबार तामाखानि स्वाथ्य चौकीमा शिविर सञ्चालन भएको थियो । विहिबार तामाखानिमा १ सय १३ जनाको स्वाथ्य परीक्षण गरिएको नगरपालिकाका स्वाथ्य संयोजक चमर मगरले जानकारी दिनुभयो । विहिबार तामाखानिमा ९ जना गर्भवतिको भिडियो एक्सरे गरिएको छ । 
    यो अवधिमा शिविरबाट ७६ जना गर्भवति महिलाको गर्भ परीक्षण गरिएको संयोजक मगरले बताउनु भयो । गर्भवति महिलाको भिडियो एक्सेरे गरिएको छ ।
         शिविरमा नाक, कान, घाटी, बाथ, नसा, स्त्रीरोग, बालरोग लगायतका रोगको परीक्षण गरिएको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org