समाचार

  • टेबलटेनिसको उपाधि राम कुमारी राईलाई ।

    news

    सोलु एफ.एम १६ पुस 
    सोलुखुम्बु ः  सालुखुम्बुको माप्यदुधकोशि गाउँपालिकामा आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार महिला खुल्ला टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । हिमालय आधारभुत विद्यालयको स्वर्णमहोत्सबको अवसरमा आयोजित विभिन्न प्रतियोगिता अन्तरर्गत सोमबार टेबलटेनिस खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।
     
         सोमबार सम्पन्न भएको खेलहरुमा रामकुमारी राई प्रथम, लक्ष्यवति राई दोस्रो, जोरीमाया राई तेस्रो र टिका राई सान्त्वना हुनु भएको छ । प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेहरुले क्रमश ८ हजार ५०, ६ हजार ५०, ४ हजार ५० र २ हजार ५० का साथमा ट्रफि र प्रमाण पत्र प्राप्त गर्नु भएको छ । 
    प्रथम हुन भएकी रामकुमारी राईले लक्ष्यवती राईलाई पराजि गर्नु भयो भने टिका राईलाई हराउदै जोरीमाया राईले तेस्रो स्थान हासिल गर्नु भयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org