समाचार

  • माप्यदुधकोशीमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगीताको उपाधि केरुङ र महिला तर्फको उपाधी हिमालय आधारभूत विद्यालयलाई ।

    news

    सोलु एफ.एम १७ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बुको माप्यदुधकोशि गाउँपालिकामा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगीताको उपाधि सोलुदुधकुण्ड नगरपालिका ८ केरुङले जितेको छ । मंगलबार भएको फाइनलमा सोताङ गाउँपालिका वडा नम्बर १ को टिमलाई पराजित गरेर केरुङले उपाधि जितेको हो ।
        मंगलबार सम्पन्न खेलमा सगरमाथा युवा क्लब सोताङ गाउँपालिका ३ लाई पराजित गर्दै माप्यदुधकोशि गाउँपालिका तृतिय भएको छ । प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश ४० हजार ५० , २५ हजार ५०, १५ हजार ५० र ७ हजार ५० ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
         प्रतियोगिताको उत्कृष्ट खेलाडि केरुङका राजदीप तामाङ घोषित हुनु भएको छ । उहाँले २ हजार नगद ट्रफि र प्रमाण पत्र प्राप्त गर्नु भएको छ । त्यस्तै उत्कृष्ट स्पाइकर केरुङका एकराज थापामगर, उत्कृष्ट सटर केरुङकै कर्ण मगर तथा उत्कृष्ट चेकर सोताङ गाउँपालिका १ का प्रेम बस्नेत घोषित हुन भएको छ । अनुशासित टिम सुनाखरी युवा क्लब सोताङ घोषित भएको आयोजकले जनाएको छ ।
    त्यस्तै खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि हिमालय आधारभूत विद्यालयले उचालेको छ । उसले माप्यदुधकोशि गाउँपालिका २ लाई पराजित ग¥यो । त्यस्तै हिमचुली युवा परिवारलाई पराजित गरि माप्यदुधकोशि गाउँपालिका ५ तेस्रो भएको छ ।
         महिला तर्फ सर्वोउत्कृट हिमालय आधारभुत विद्यालयका सुकबरी राई घोषित हुनुभएको क्षेत्रिय भलिबल रेफ्रि तेज सारु मगरले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट स्पाइकर नविना राई, सटर विशुमाया राई, चेकर वविना राई घोषित हुनु भयो । अनुशासित टिम जनजागृती दलित समूह घोषित भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org