समाचार

  • दुधकोशी सामुदायि अस्पतालाई निःशुल्क २२ रोपनि जग्गा प्राप्त ।

    news

    सोलु एफ.एम २१ पुस 
    सोलुखुम्बु ः दुधकोशी सामुदायिक अस्पताल निर्माणका लागि २२ रोपनी निःशुल्क जग्गा प्राप्त भएको छ । थुलुङदुधकोशी गाउँपालिकाको मुक्लिमा निर्माण हुनलागेको ५० शैयाको अस्पताल निर्माणका लागि उक्त जग्गा प्राप्त भएको हो । 
    अस्पताल निर्माणका लागि स्थानीय समाजसेवी गोरे राईले निशुल्क जग्गा उपलब्ध गराउनुभएको गाउँपालिका प्रमुख असिम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार शनिबार उहाँलाई काठमान्डौमा एक कार्यक्रमका बीच सम्मापन समेत गरिएको छ । गाउँपालिकाले अस्पताल निर्माणका लागि यहि चैत्र २ गते देखि ९ गते सम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा आध्यत्मीक महोत्वस २०७५ मुल आयोजक समितिको आयोजनामा सम्मान गरिएको हो । 
    गाउँपालिकाले महायज्ञबाटै २० करोड रुपैया संकलन गरेर सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने जनाएको छ । आउदो चैत्र २ गते देखी ९ गते सम्म गाउँपालिका केन्द्र मुक्लिमा श्रीमद् भागवत महायज्ञको आयोजना गरिएको छ । कथा बाचन पण्डित दिलबन्दु पोखरेलले गर्नुहुने छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org