समाचार

  • थुलुङदुधकोशी गाउँपालिका कार्यलय भबन निर्माण ।

    news

    सोलु एफ.एम २४ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाको कार्यलय भबन निमार्ण कार्य  सम्पन्न भएको छ । गाउँपालीका केन्द्र मुक्लीमा निर्मित २३ कोठे सुविधा सम्पन्न भवनको निर्माण सकिएको गाउँपालीकाले जनाएको छ । आर्थिक बर्ष  २०७५÷०७६  को भदौबाट  निमार्ण सुरु उक्त भबन निमार्ण कार्य सकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । 
    गाउँपालिकाको १ करोड ८० लाखको लागतमा निमार्ण गरिएको भबनमा २३ वटा कोठा र कार्यक्रमको लागी २५० जना अटाउने क्षमता भएको सभाहल निमार्ण सम्पन भएको राईले बताउनुभयो ।   करिब ७०  रोपनी क्षेत्रफलमा गाउँपालिकाको भबन  निमार्ण गरिएको हो । भबनको यहि पौष  ३० गते औपचारिक उद्धघाटन गरिने जनाइएकोे छ ।
    अहिले खेल मैदानको काम समेत अन्तिम चरणमा पुगेको छ । यहि माघ  ५ गतेबाट अध्यक्ष रनिङशिल प्रतियोगीताका लागी  खेल मैदान निर्माणको  काम  अन्तिम चरणमा पुगेको गाउपालीकाले जनाएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org