समाचार

  • प्रधानमन्त्रीलाई सोलुखुम्बुमा निम्तो ।

    news

    सोलु एफ.एम २५ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङ्दुधकोशी गाउँपालिकामा आयोजना हुने महायज्ञमा प्रधानमन्त्री के.पी ओलीलाई प्रमुख अतिथिको निम्तो दिइएको छ । चैत्र २ गते देखि गाउँपालिकामा आयोजना हुने महायज्ञमा प्रधानमन्त्रीलाई उपस्थीत भइदिन आग्रह गरिएको हो ।
        बुधबार संघिय सांसद सहितको टोलिले प्रधानमन्त्रीलाई भेटेर निम्तो दिएको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । सो अवसरमा संघिय सांसद हेम कुमार राई सुरवीरले सोलुखुम्बुमा आयोजित गौरबका आयोजना तत्काल कार्यान्वयन गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।
         प्रधानमन्त्रीसँगको भेटमा ३२ केविको प्रसारण लाइनको विषयमा पनि कुरा गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष अनुप्रसान्त राईको उपचारमा सरकालाई सहयोग गर्न आग्रह गरिएको पनि राईले बताउनु भयो ।
         प्रधानमन्त्रीले आपूm सोलुखुम्बु आउन लालायित भएको तथा सो समयम कुनै आकस्मीक कार्यतालिका नभएको खण्डमा कार्यक्रममा सहभागि हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सोलुखुम्बु पर्यटकिय क्षेत्र भएकाले सरकारले विशेष महत्वका साथ हेरेको प्रधानमन्त्रीको भनाई थियो ।
         सोलुखुम्बुका गौरवका आयोजना निर्माणमा सरकार गम्भिर रहेको प्रधानमन्त्रीको भनाइ रहेको छ । दुधकोशी करिडोरको विषयमा विशेष कुरा भएको र प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको संघिय सांसद हेक कुमार राई सुरविरले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org