समाचार

  • क्षमता भन्दा तीन गुण बढी कैदिवन्दी हुदा व्यवस्थापनमा समस्या ।

    news

    सोलु एफ.एम २५ पुस 
    सोलुखुम्बु ः जिल्ला कारागार सोलुखुम्बुमा क्षमता भन्दा बढी कैदि बन्दी हुदा समस्या भएको छ । २५ जानको क्षमता भएको कारागारामा अहिले ७१ जना कैदिवन्दी रहेका छन । अहिले जिल्ला कारागारमा कैदिको सङ्ख्या ५५ रहेको छ भने थुनुवा १६ जना रहेको छन । क्षमता भन्दा बढी कैदिबन्दी हुदा सुरक्षाका साथै सरसफाइमा समस्या भइरहेको जिल्ला कारागारका जेलर महेश निरौलाले जानकारी दिनुभयो ।
    यस बाहेक एकै ठाउँमा सुत्नु पर्ने भएकाले सरुवा रोगको पनि जोखिम बढी हुने देखिन्छ । कारागारमा कैदि बन्दी बढी हुदा शौचालय प्रयोगमा पनि समस्या भएको कारागरले जनाएको छ ।
    जिल्लामा कुनै त्यस्तो समस्या नआए पनि धेरै मात्रामा कैदि वन्दी हुदा सामान्या विवादले पनि ठूलो रुप लिन सक्ने जेलर निरौलाको भनाइ छ । कारागारमा रहेका कैदिबन्दी मध्ये ७ जना महिला रहका र ६४ जना पुरुष रहेका छन ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org