समाचार

  • अस्थायि साधन प्रयोग गर्ने महिला मात्रै ।

    news

    सोलु एफ.एम २५ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बु जिल्ला अस्पतालमा चालु आर्थिक वर्षमा अस्थायि साधन प्रयोग गर्नेको खङ्ख्या ५५ जना रहेको छ । जिल्ला अस्पतालमा आएर अस्थायि साधन प्रयोग गर्ने सबै महिला रहेका छन ।
    यो आर्थिक वर्षमा जिल्ला अस्पतालमा आएर डिपो प्रयोग गर्नेको सङ्ख्या ९ जना रहेको छ । जसमा पहिले देखिनै डिपो लगाउदै आएका महिलाको सङ्ख्या भने २९ जना रहेको छ ।
    त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा इनप्लान्ट राख्नेको सङ्ख्या ३१ जना रहेको जिल्ला अस्पताल फाप्लुका सुचना अधिकारी सानि शेर्पाले जानकारी दिनुभयो । त्यसै गरि आयुसिडि प्रयोग गर्नेको सङ्ख्या १० जना रहेको छ भने पिल्स खानेकाृ सङ्ख्या १२ जना छन । त्यसमा पनि नियमित रुपमा सेवन गरिरहनु भएको ७ जना तथा चालु आर्थिक वर्षमा नयाँ ५ जनाले पिल्स चक्की लिने गरेको शेर्पाले बताउनु भयो ।
    अस्पतालमा कण्डमको भने कुनै रेकड नभएको शेर्पाको भनाई छ । अहिले जिल्ला अस्पतालमा पुरुषको स्थायि बन्ध्याकरणको सेवा पनि सुरु हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । तालिम प्राप्त डाक्टर आउने क्रममा रहेकाले यहि २७ गते शुक्रबारबाट पुरुष बन्ध्याकरण सुविधा पनि उपलब्ध गराइने अस्पालको भनाइ छ ।
    महिलाको अस्थायि बन्ध्याकरण पहिले देखिनै भइरहेको भए पनि अहिले पुरुषको बन्ध्याकरण पनि सुरु हुन लागेको हो । पहिले शिविर सञ्चालन भएर स्थायि बन्ध्याकरण हुने गरेको भए पनि अव भने जुनसुकै समयमा पनि यो सेवा उपलब्ध रहेको सुचना अधिकारी शेर्पाको भनाई छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org