समाचार

  • ओर्लाङघाटबाट लुक्ला जोड्ने सडकको ट्रयाक खोल्ने कार्य सुरु ।

    news

    सोलु एफ.एम २६ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ को ओर्लाङघाटबाट खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र हुदै लुक्ला जोड्ने सडकको ट्रयाक खोल्ने  कार्य सुरु भएको छ ।  असोज १० गतेबाट सर्बेको काम थालेको गाउँपालिकाले मसिंर महिनामा सर्बेको काम  सकेपछि ट्रयाक खोल्ने काम सुरु गरेको हो ।
    हाल सम्म साडे २ किलोमिटर सडकको ट्रयाक  खोल्ने काम सम्पन भएको खुम्बुपासाङ ल्हामु गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष२०७५÷७६ मा गाउँपालिकाबाट डेढ करोड र प्रदेशबाट डेढ करोड सडक शिर्षकमा बिनियोजित बजेटबाट काम गरिएको हो । 
    जम्मा ३२ किलोमिटर सडकको  हाल सम्म साडे २ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको छ । सडकको ट्रयाक ओपनदेखि  कालोपत्रे सम्मको  काम सम्पन गर्न लागी १ अर्ब ८४ करोड लागत लाग्ने गाउँपालिकाले लागत स्टामेट निकालेको जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org