समाचार

  • महाकुलुङ गाउँपालिकामा दुइ दिने न्यायिक अभिमुखिकरण कार्यक्रम सुरु ।

    news

    सोलु एफ.एम २६ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दुइ दिने न्यायिक अभिमुकि करण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका सबै जनप्रनिधिको सहभागिता रहेको छ ।
         गाउँपालिकाको न्यायिक समितिका काम कर्तव्य र अधिकारका विषमा निमित्त जिल्ला न्यायाधिवक्ता योगेन्द्र प्रसाद ढुङ्गेलले जानकारी दिनुभएको थियो । गाउँपालिकाबाटै न्यायिक कार्य सम्पादन गर्दा कसरि गर्ने र कुन कुन विषयमा गाउँपालिकाले फैसला गर्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
         कार्यक्रममा जिल्ला प्रहरी कार्यालयक प्रमुख शालिग्राम शर्मा तथा निमित्त जिल्ला न्यायाधि वक्ता ढुङ्गेलले प्रशिक्षण दिनुहुने छ । विहिबारको कार्यक्रममा निमित्त न्यायाधि वक्ताले प्रशिक्षण दिनु भएको थियो भने शुक्रबार प्रहरी प्रमुख शर्माले पनि प्रशिक्षण दिने कार्यतालिका रहेको गाउँपालिका उप–प्रमुख विपना कुलुङले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org