समाचार

  • सोलुखुम्बुमा दुइ सय ३८ जना नयाँ ट्रेकिङ् गाइड थपिने ।

    news

    सोलु एफ.एम २६ पुस 
    सोलुखुम्बु ः  सोलुखुम्बुबाट थप २ सय ३८ जना नयाँ ट्रेकिङ् गाईड बन्ने भएका छन् । ट्रेकिङ गाइडका लागि काठ्माण्डौमा सञ्चालित तालिममा सोलुखुम्बुबाट ३ सय ३८ जनाले सहभागिता जनाएका छन् ।
         दक्ष ट्रेकिङ गाईड उत्पादन गरि पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उदेश्यले ट्रेकिङ् एजेन्सि एसोसियसनद्धारा नेपाल माउण्टेन एकेडेमीको सहकार्यमा तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
    विदेशी नागरिकहरुलाई नेपालको कला, धर्म, सांस्कृतिको बारेमा जानकारी दिने र नेपाल सरकारको सन् २०२० सम्म भित्रमा २० लाख विदेशी भित्र्याउने उद्धेश्यलाई लक्षित गर्दै तालिमको आयोजना गरिएको बताईएको छ । पौष १६ बाट सञ्चालन भएको उक्त तालिम माघ २१ गते सकिने छ ।
    तालिममा सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा, रसुवा, धादिङ, गोर्खा जिल्लाका गरी ७३५ जनाको सहभागिता रहेको ट्रेकिङ् एजेन्सि एसोसियसनलाई उदृत गर्दै सोलुखुम्बुबाट सहभागि पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org