समाचार

  • तेस्रो किस्ताको लागि नेचासल्यानमा एक सय ४५ जनाले दिए निवेदन ।

    news

    सोलु एफ.एम २६ पुस 
    सोलुखुम्बु ः राष्ट्रिय पुनः निमार्ण प्राधिकरण नेचासल्यान गाउँपालिकाले हाल सम्मको कार्य विवरण सार्वजनि गरेको छ । सार्वजनिक विवरण अनुसार नेचासल्यान गाउँपालिकामा हाल सम्म लाभग्राहिको सङ्ख्या १ हजार ४ सय ६५ जना रहेका छन ।
         लाभग्राहि मध्ये १ हजार ३ सय ७५ जनाले प्राधिकरण सँग सम्झौता गरेर  पहिलो किस्ता लिइसकेको जानकारी राष्ट्रिय पुनः निर्माण प्राधिकरण नेचासल्यान जानकारी दिएको छ । 
    सम्झौता भएका १ हजार ३ सय ७५ जना मध्ये ७ सय २१ जना दोस्रो  किस्ताको रकम बुझेको प्राधिकरणले जनाएको छ । त्यस्तै घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता माग गर्नेको सङ्ख्या १ सय ४५ जना रहेको इन्जीनियर आसुतोष जोसिले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org