समाचार

  • माछापुच्छे« सामुदायिक बन उपभोक्ता समिति १६ औँ साधारण सभा सम्पन्न ।

    news

    सोलु एफ.एम २७ पुस 
    सोलुखुम्बु ः माछापुच्छे« सामुदायिक बन उपभोक्ता समिति थुलुङदुधकोशी गाउँपालिका १ को १६ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभाले गत आर्थिक बर्ष विभिन्न शिर्षक मार्फत भएको ३ लाख १२ हजार ८ सय रुपैया आय र १ लाख २४ हजार ४ सय व्याय अनुमोदन गरेको छ ।
          बनउपभोक्ता समितिका अध्यक्ष कर्मा शेर्पाको अध्यक्षता तथा चोलामाया बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधरण सभामा कोषाअध्यक्ष निमपुटी शेर्पाले आयव्याय सार्वजानिक गर्नुभएको हो । साधरण सभाले दुई जना नयाँ सदस्यलाई समावेश गराएको पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । हाल उक्त सामुदायिक बनमा ८० घर उभोक्ता रहेका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org