ताजा खबर

समाचार

  • सल्लेरीको दयनिय सडकको मुहार फेरिने ।

    news

    सोलु एफ.एम सोलुखुम्बु
    माग ७ ःसल्लेरी बजार भित्रको सडक निर्माण कार्य सुरु भएको छ । सल्लेरीको जिरो प्वाइन्ट देखि एक किलोमीटर सडक निर्माण कार्यको सोमबार एक औपचारीक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले उक्त सडक निर्माणको उद्घाटन गर्नु भएको हो ।
         जिरो प्वाइन्टदेखि सल्लेरी सम्मको १ किलोमिटरको सडक निर्माण सकिने समय १८ महिना रहेको छ । उक्त सडक ६ करोडमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको कम्पनिका प्रतिनिधि तार्देन शेर्पाले जानकारी दिनुभयो ।
         सडक निर्माणको जिम्मा खानी ब्राइट र नेशनल जेभिले सयुक्त रुपमा लिएका छन् । सडक निर्माण भए पछि लामो समय सम्मको जोखिम पूर्ण यात्रा गर्दै आएका यात्रुलाई सहजता हुने छ ।
         सडकको उद्घाटन पछि प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले सडक गुणस्तरिय र समयमा सकिनु पर्ने धारण व्यक्त गर्नु भयो । जनताले दुःख पाइरहेको अवस्थामा सडक समयमा सक्न ठेक्का लिएका व्यक्तिलाई आग्रह समेत गर्नु भएको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org