ताजा खबर

समाचार

  • भारतद्धारा पहिलो एक दिवसिय क्रिकेटमा न्यूजिल्याण्ड ८ विकेटले पराजित ।

    news

    सोलु एफ.एम माघ ९ 
    सोलुखुम्बु ः भारत र न्यूजिल्याण्ड विरुद्धको पहिलो एक दिवसिय क्रिकेट खेलमा भारत  विजयि भएको छ । मंगलबार भएको खेलमा भारतले न्यूजिल्याण्डलाइ ८ विकेटले पराजित गरेको हो । 
    न्यूजिल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको भारतले ३४ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । हिउँ परेका कारण खेल केहि समय रोकिएका थियो । जसका कारण भारतलाई ४९ ओभरमा १ सय ५६ रनको नयाँ लक्ष्य दिइएको थियो । भारतकालागि शेखर धवने नटआउट ७५ रन बनाए भने कप्तान विराट कोहोलिले पनि ४५ रनको योगदान दिए । 
    यस अघि पहिले ब्याटिङ गरेको घरेलु टोलिले ३८ ओभरमा मात्र १ सय ५७ रन बनाउदा सबै विकेट गुमाएको थियो । उसका लागि कप्तान केन विलियम्सनले ६४ र रोस टेलरले २४ रनको योगदान दिनु बाहेक अरुले उल्लेख्य प्रदशन गर्न सकेनन् । 
    भारका लागि कुलदिप यादवले ४ र मोहमद सामिले ३ विकेट लिए । यो सँगै भारतले ५ खेलको श्रीङ्खलामा १–०को अग्रता बानाएको छ । खेलको म्यान अफ दि म्याच भारतका मोहमद सामि घोषित भए  । दोस्रो एक दिवसिय खेल आगामि शनिबार वाइ ओभलमा हुने छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org