ताजा खबर

समाचार

  • अष्ट्रेलियामा गर्मीका कारण ९० घोडा मृत फेला,कयौ जीव अन्तिम श्वास फेर्दै

    news

    सोलु एफ एम,सोलुखुम्बु 
    माग ११–अष्ट्रेलियाको अत्याधिक तापमानका कारण ९० वटा जङ्गली घोडाहरु मृत रुपमा फेला परेका छन् । उत्तरी क्षेत्रस्थित सुकेको नहरमा यसरी ४० घोडाहरु मृत अवस्थामा भेटिनुका साथै थुपै गोडाहरु धुक्धुकी अवस्थामा फेला परेका छन् । यो भन्दा अगाडि पनि न्यु साउथ वेल्स नजिकै चमेरा सहित थुप्रै प्रजातिका जनावर र चराहरु मृत फेला परिसकेका छन् । 
    त्यसैगरी खडेरीले ग्रस्त क्षेत्रका सुक्दै गएका खोलाहरुमा पनि लाखौँ माछा यसरी नै मृत अवस्थामा भेटिएको थियो । यसरी जलवायु परिवर्तनको प्रभावका कारण यस्ता घटनाहरु बढ्दै गएको बताइएको छ । वास्तवमै अष्ट्रेलियाको यस पटकको गर्मीले थुप्रै रेकर्ड तोडिसकेको छ । देशभरको तापमान उच्च बिन्दुमा पुगेपछि विशेषगरी जनावरहरु यसबाट सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । 
    यसरी वन्यजन्तु सुरक्षाकर्मीहरुलाई एक स्थानीय समुदायले घोडाहरु हराएको बताएपछि नै उनीहरु तिनको खोजीमा घटनास्थल पुगेको बताइएको छ । यसैबीच स्थानीयवासी राल्फ टर्नरले घटनास्थल अवलोकन गरि त्यहाँका तस्बिरहरु इन्टरनेटमा पोस्ट गरेका हुन् । सो दृश्यलाई उनले भयानक नरसंहारका रुपमा व्याख्या गरेका छन् ।
    बीबीसीसँग कुरा गर्दै उनले भने, “मैले जीवनमै त्यस्तो भयानक दृश्य देखेको थिइनँ । यस घटनाले मलाई ज्यादै दुःखी र स्तब्ध बनाएको छ । यस्तो पनि हुँदो रहेछ भन्ने मैले अझै विश्वास गर्न सकेको छैन ।”त्यस्तै अर्का लोकल रोहन स्मीथका अनुसार अरुबेला त्यहाँ कहिल्यै यसरी पानी सुक्ने गरेको थिएन । यस्तोमा घोडाहरुसँग प्यास बुझाउन जाने ठाउँ अन्त कतै नभएकाले यस्तो भएको हो । यसरी मृत घोडाका शव व्यवस्थित गरि अन्तिम सास फेरिरहेकाहरुको भने बध गरिने बताइएको छ । यसरी निकायले अन्य १२० वटा घोडा, गधा र ऊँटहरुलाई पनि तिर्खाले मर्न लागेको अवस्थामा फेला पारेको हुँदा तिनको पनि बध गर्ने योजना बनाएको बताएको छ ।
     
    पछिल्लो दुई हप्तामा सो क्षेत्र नजिकैको तापमान ४२ डिग्री भन्दा माथि पुगेको हो जुन जनवरीको सामान्य तापक्रम भन्दा ६ डिग्री बढी रहेको अष्ट्रेलियाको ब्युरो अफ मेट्रोलोजीले जनाएको छ । यसरी बिहिबार मात्र एडेलेडमा १९३९ पछिकै सबैभन्दा उच्च तापमान, ४६.२ डिग्री महसुस गरिएको हो । यस्तोमा सरकारी नकायहरुले देशभर सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न र शारीरिक क्रियाकलापलाई कम गरि सकेसम्म घरभित्रै बस्न आग्रह गरिरहेको छ । विशेषगरी वृद्ध र दिर्गकालीन रोगका बिरामी अनि बालबालिकाहरुका लागि वातावरण उचित नभएको हुँदा चिन्ता व्यक्त गरिएको हो । अघिल्लो महिना मात्र २०१७ र २०१८ अष्ट्रेलियाका क्रमशः तेस्रो र चौथो सबैभन्दा गर्मी वर्षहरु भएको खुलासा भएको थियो । बीबीसी
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org