ताजा खबर

समाचार

  • तीन महिना मै बर्खास्तीमा परे हेनरी ।

    news

    सोलु एफ.एम माघ ११ 
    सोलुखुूम्बु ः फ्रेन्च लिग वान क्लब मोनाकोले आफ्नो म्यानेजर थिएरी हेनरीलाई २० खेलपछि नै केवल तीन महिनामा बर्खास्त गरेको छ । क्लबले हेनरीलाई बिहीबार निलम्बन गरेको घोषणा गरे तापनि उनले पहिले नै क्लब छोडिसकेको बताएको छ ।
    गत अक्टुबरमा मात्र क्लबको जिम्मेवारी सम्हालेका हेनरीले शनिबार स्ट्रासबर्गका डिफेन्डर केनी लालालाई अपशब्द प्रयोग गरेकोमा माफी समेत मागेका छन् । स्मरणीय छ, त्यो खेलमा मोनाका ५–१ गोल अन्तरले पराजित भएको थियो ।
    हेनरीको यो करियर कै पहिलो व्यवस्थापकको जागीर थियो । यसअघि उनले बेल्जियमको राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएर काम गरेका थिए । हेनरी क्लबबाट हटेपछि उनको सहायक प्रशिक्षक फ्रान्क पासीले मोनाकोको जिम्मेवारी अस्थायी रुपमा सम्हाल्ने भएका छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org