ताजा खबर

समाचार

  • नेपालद्धारा युएइ सामु २ सय ४३ रनको लक्ष्य प्रस्तुत ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम माघ १२ 
    सोलुखुम्बु ः नेपालले युएइ विरुद्धको दोस्रो एक दिवसिय खेलमा युएइलाई २ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारीत ओभरमा ९ विकेट गुमाएर २ सय ४२ रन बनाएको छ । 
    अघिल्लो खेलमा निकै खराब ब्याटिङ गरेको नेपालका सबै जसो खेलाडिले  टिमका लागि योगदान दिएका छन्। नेपालका लागि रोहित कुमार पौडेलले ५५ रनको योगदान दिएका छन् । उनि पहिले एक दिवसिय खेलमा टिममा परेका थिएनन् । उनले  आपूmलाई प्रमाणित गर्ने मौका समेत पाए र त्यसको उपयोग पनि गरे । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ र आरिफ शेखले २९ रनको योगदान दिएका छन् । कप्तान पारस खड्का र विनोद भण्डारीले २१–२१ रनको योगदान दिएका थिए । 
    खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेको नेपाल इनिङ त्यस पछि केहि समय लडबडाएको थियो । तर युवा खेलाडि आरिफ र रोहितले ८० रनको उत्कृष्ट साझेदारी गर्दै टिमलाई सम्मान जनक स्थितिमा पु¥याएका हुन । 
    अन्त्यमा ब्याटिङ गर्न आएका करण केसिले २ छक्का सहित १८ रनको योगदान दिए । नेपालको इनिङमा जम्मा दुई छक्का लागेका थिए र दुवै छक्का करणले नै प्रहार गरेका हुन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org