ताजा खबर

समाचार

  • बुङ स्वाथ्यचौकिमा ल्याप सेवा लिने विरामि २ महिनामा ७० जना ।

    news

    सोलु एफ.एम माघ २१ 
    सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ल्याप सेवा लिनेको विरामिको सङ्ख्या ७० जना पुगेको छ । गाउँपालिकाले ल्याप सेवा सुरु गरेपछि स्थानियलाई सहज पनि भइरहेको छ ।
         मंसिर १७ गतेदेखि सुरु भएको ल्याप सेवामा अहिले सम्म ७० जनाले स्वाथ्य चौकिमानै आएर ल्याप सेवा लिएको बुङ स्वाथ्य चौकिका प्रमुख खेमराज बस्नेतले जानकारी दिनुभयो । स्वाथ्य चौकिले शिविर सहितको गरेर १ सय २० जनाले ल्याप सेवा लिएको जनाएको छ ।  
         अहिले विरामिले स्वाथ्य चौकिमा आएको समयमा ल्यापको सेवा पनि छ रे भन्दै सोधिखोजि गरेरै सेवा लिने गरेको प्रमुख बस्नेतको भनाइ छ । पहिले ल्याप नहुदा सोताङ जानुपर्ने भए पनि अहिले स्वाथ्य चौकि बुङ बाटै सेवा दिइएको छ ।
         ल्यापमा रगतको समूह छुट्याउने, दिसा,पिसाब जाँच गर्ने र खकार जाँचको सेवा उपलब्ध रहेका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org