ताजा खबर

समाचार

  • हेलिकप्टरमै जन्मियो शिशु ।

    news

    सोलु एफ.एम माघ २१ 
    सोलुखुम्बु ः सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । गर्भवति महिला लिएर काठमाडौं जाँदै गर्दा आकाशमै एक शिशुको जन्म भएको हो । 
    विहान सोलुको नुन्थलाबाट उडेको कैशाल हेलिकोप्टरमा काठमाडौं जाँदै गरेकी नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् । उनी कञ्चन तामाङकी श्रीमती हुन् । कैला शेलिकोप्टरका अपरेसन इन्चार्ज श्रीहरि कुइँकेलका अनुसार भक्तपुर आसपास पुगेपछि शिशुको जन्म भएको हो । आमा र बच्चा दुबैलाई हाल भक्तपुर अस्पतालमा राखिएको छ । आशिष शेरचनले उडाएको हेलिकप्टरमा बच्चा जन्मिएको बच्चाको नाम पनि कैलाश नै राख्ने अभिभावकले सुनाएको कुइँकेलले बताए ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org