ताजा खबर

समाचार

  • जनप्रतिनिधि ठेक्केदार बन्न नहुने सांसद बस्नेतको भनाइ ।

    news

    सोलु एफ.एम माघ २२ 
    सोलखुम्बु ः सोलुखुम्बु प्रदेश सभा (क) का सांसद उत्तम कुमार बस्नेतले कुनैपनि जनप्रतिनिधि ठेकेकादर बन्न नुहुने बताउँनुभयो । सोलुएफएमको कार्यक्रम समयसन्दर्भमा कुराकानी गर्नुहुदै सांसद बस्नेतले वडा सदस्य देखी सांसद जो कोहीपनि आफ्नो क्षेत्रमा ठेकेदार बन्न नहुने धारणा व्यक्त गर्नुभयो । 
    जनप्रतिनिधिले डोजर खरिद गर्नु आफ्नो क्षेत्रमा आफु र आफ्नो परिवार निकटले योजना सञ्चालन गर्नु गलत भएको भन्दै त्यसको लागि सरकाले कार्वाहि गर्ने सांसद बस्नेतको भनाइ छ । सबै जनप्रतिनिधिले जवाफदेहिता र दाहित्व नभुलिकन व्यक्तिगत स्वार्थभन्दा माथी उठ्न सबैलाई आग्रह गर्नुभयो । 
    कुराकानीको क्रममा उहाँले निषेधको राजनीतिले बिकासमा अबरोध गर्ने बताउँनुभयो । सांसद बस्नेतले आफुले कहिल्यैपनि निशेधको राजनिति नगरी सबै संग मिलेर काम गर्ने बताउनुभएको हो । नेपाली काङग्रेस सत्ताबाट बाहिर बस्नु परेको पिडाले छट्पटाएको उहाँको भनाई छ । सधै सत्तामा रहेको काङग्रेसलाई सत्ता बाहिर रहदाँको पिडा व्यक्त गरिरहेको उहाँले दावी गर्नुभयो 
         सडकबाट सरकार बनाउछौँ भन्नुले उहाँहरु कतै बाहिरबाट सञ्चालित भएको हो कि भन्ने आशंका समेत व्यक्त गर्नुभयो । प्रजातान्त्रीक पाटिले सडकबाट सरकार बनाउछौ भन्नु गलत भएको उहाँको दावि थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org