ताजा खबर

समाचार

  • सोलु करिडोरले निर्धारित समयमा विद्युत उत्पादन गर्न नसक्ने ।

    news

    सोलु एफ एम,सोलुखुम्बु
    माग २४–सोलु करिडोरको काम ढीलो हुनुमा सम्बन्धित निकायसँगको समन्वय कमी तथा झन्झटीलो प्रकृया प्रमुख कारण भएको बताईएको छ । आयोजनाका प्रमुखक जनार्दन गौतमका अनुसार मिर्चया देखि सोलु सम्मको ९० किलोमिटरको दुरीमा सोलु करिडोर निर्माण हुने चरणमा छ ।
    २०७४ जेष्ठ महिनाबाट करिडोरको काम सुरु गरिए पनि प्रक्रिया झन्झटिलो भएकाले समय लागेको उहाँको भनाई छ ।    २०७५ को चैत्र महिनामा काम सक्नु पर्ने भए पनि यहि गतिले काम भएमा समयमा काम नसकिने प्रमुख गौतमले बताउनुभयो ।
         ओखलढुङगामा रहेको बनको समस्याले गर्दा पनि केहि समय लागेको उहाँको भनाइ छ । अहिले बन मन्त्रालयमा फाइल पुगिसकेको र अव मन्त्री परिषदले निर्णय पछि चाडै काम सुरु हुने बताईएको छ ।  
         समन्वय तथा सहजीकरणको काम सरकारले गर्नु पर्ने भएपनि प्रक्रियागत झन्झटले धेरै समय लागेको उहाँको दावि छ । अव चैत्रमा काम नसकिने र समय थप गरेर काम सक्ने सरकारको तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
         सार्वजनिक वनमा समुदायका मानिसहरु जम्मा गर्न समस्या भइरहेको आयोजनाले जानाएको छ ।  आयोजनाले बनको लागि जग्गा किन्न र वृक्षा रोपण गर्नका लागि पनि रकम उपलब्ध गराईने भएकाले बन विनास नहुने प्रमुख गौतमको भनाइ रहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org