ताजा खबर

समाचार

  • मोसुलमा रिपोर्टिङको क्रममा पत्रकारको मृत्यु

    news

    फागुन १५ – इराकको मोसुलमा बिद्रोही विरुद्ध सरकारी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा एक जना पत्रकारको ज्यान गएको छ ।

    इराकी कुर्दिस टेलिभिजन च्यानल रुदाकी पत्रकार शिफा गर्दीको ज्यान गएको हो । इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा बम विस्फोटनमा परि पत्रकार गर्दीको ज्यान गएको हो ।

    सडक छेउमा भएको बम विस्फोटनमा परि ३० वर्षकी गर्दीको ज्यान गएको हो । गर्दीले जोखिम युक्त ठाउँमा पुरुष पत्रकारले मात्रै रिपोर्टिङ गर्न सक्छन् भन्ने आम मान्यतालाई तोडेकी थिइन् । मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेना र आइएसका लडाकुबिच संघर्ष भइरहेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org