समाचार

  • स्थानीय विकास अधिकारी माथी हातपात गर्ने विरुद्ध सार्वजनिक मुद्दा दर्ता ।।

    news

    फागुन २५, सुबास दर्नाल/सोलुखुम्बु,
    सोलुखुम्बुका स्थानीय विकास अधिकारी सहित जिविस कर्मचारी माथी हातपात गर्नेलाई सार्बजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    सोमबार सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा, लेखा अधिकृत युवराज राई माथि मदिरा सेवन गरि कार्यकक्षमै हातपात गर्ने सडक निर्माण सम्बन्धी काम गर्दै आएको ड्रिलिप परियोजनाका इन्जिनियर अमुल बस्नेत, नेबिसंघका पूर्ब केन्द्रीय सदस्य नबिन थापासहित ८ जना बिरुद्ध सार्वजानिक अपराध अन्तर्गत मुद्धा दर्ता गरिएको हो । जागीर जोगाउन माग गर्दै आएका ड्रिलिप परियोजनाका सब इन्जिनियर घट्नामा संलग्न बेदराज थापा, कार्यलय सहयोगी रामबहादुर बस्नेत, देब बहादुर भुजेल, चालक अशोक देबकोटा, नेबिसंघका जिल्ला सभापति अश्विनबाबु थापा र जीवन बस्नेत विरुद्ध हिजो मुद्दा दर्ता गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

    आरोपी मध्ये इन्जीनियर अमुल बस्नेत, सब–इन्जीनियर बेदराज थापा र कार्यलय सहयोगी अशोक देबकोटा अझै फरार छन् । फरारहरुको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो ।
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org