समाचार

  • अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सल्लेरीमा बिबिध कार्यक्रम, खुल्ला लोक गीत प्रतियोगितामा सोलु एफएम प्रथम

    फागुन २५,सुबास दर्नाल/सोलुखुम्बु
    १०७ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सोलुखुम्बुको सल्लेरीमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । हिमचुली श्रृजनसिल महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवं महिला तथा बालबालिका कार्यालय सोलुखुम्बु र जिल्ला विकास समिति सोलुखुम्बुको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

    आज भएको कार्यक्रम अन्र्तगत खुल्ला लोक गित प्रतियोगिता तर्फ सामुदायिक रेडियो सोलु एफएम प्रथम, सामना महिला समुह सल्लेरी द्धितिय, प्रगतिशिल महिला समुह सल्लेरी तृतिय तथा प्रेरणा सामुदायिक संस्था दोर्फुबजार सान्तन्व भएका छन् । उता १८ बर्ष मुनिका किशोेरिहरुको बकतृत्वकला प्रतियोगितामा शुभकला राई, इन्दिरा राई, बुद्ध लक्ष्मी मगर र सन्जिता श्रेष्ठ क्रमश प्रथम, दितिय, तृतिय र सान्त्वना भएका छन् ।

    त्यस्तै एकल महिलाको म्युजिकल चियर प्रतियोगिता तर्फ हस्तमाया विश्वकर्मा, मन माया विश्वकर्मा, कालीमाया तामाङ र माया तामाङ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुन सफल भएका छन् । कार्यक्रम महिला तथा बालबालिका कार्यालय सोलुखुम्बुका कार्यलय प्रमुख रश्मि श्रेष्ठको अध्यक्ष्यता तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org