समाचार

  • शिक्षा क्षेत्रमा आमुल परिवर्तन–सांसद केशी

    सुमन श्रेष्ठ÷२७ फागुन, सोलुखुम्बु ।
    नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा सांसद बलबहादुर केसीले शिक्षा क्षेत्रमा परिबर्तन आएको बताउनु भएको छ । नेपाल शिक्षक संघ सोलुखुम्बुको आठाँै जिल्ला अधिबेशनलाई सम्बोधन गर्नुहुँदै सांसद केशीले देशले बिभिन्न क्षेत्रमा फड्को मार्दै गर्दा शिक्षा क्षेत्रले पनि फड्को मारेको बताउनु भएको हो ।

    कार्यक्रममा बोल्नुहँदै सांसद केशीले सोलुखुम्बुमा शिक्षा क्षेत्रमा फड्को मार्नुको मुख्य देन कांग्रेशको रहेको दाबी गर्नुभएको छ । उहाँले समाजको अगुवा र बौद्धिक बर्ग शिक्षकहरु कुनै पनि राजनैतिक दलको झण्डामुनी भए पनि खुलेयाम राजनीतीमा लाग्नु नहुने बताउनु भयो । सांसद केशीले कुनै पनि दल वा संगठन चलायमान बनाउनका लागि सिद्धान्त, संगठन र नेतृत्व मुख्य पाटो भएकाले यसलाई अंगाल्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सभापति बिनोद बस्नेतले शिक्षकहरु समाजको अभिभावक भएको हुँदा समाजलाई कुन दिशामा लाने त्यसमा शिक्षको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । उहाँले आगामी स्थानिय चुनावलाई इङ्गीत गर्दै यस कार्यमा शिक्षकको ठुलो भुमिका रहने भन्दै आफु आषा बादी रहेको बताउनु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष गोकर्ण बानीयाले शिक्षाको गुणस्तर राम्रो नहुनुको मुख्य कारण राज्यको निति भएको आरोप लगाउनु भयो । हाल सम्मकै शिक्षा मन्त्रि सबल नभएका कारण राज्यले शिक्षामा यस्तो समस्या झेल्नु परेको उहाँको दावी थियो । उहाँले शिक्षा निति बनिसकेको हुँदा शिक्षा निती कार्यान्वयनमा जोड दिनुभयो ।

    यस्तै नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष एम पी भुसालले शिक्षक पेशागत रुपमा सबल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरुले राजनितिक दलको झोला बोकेर हिड्दा लोकतन्त्र धरापमा पर्ने बताउनुयो । साथै उहाँले राजनितिक दलले शैक्षिक गुणस्तर कायम गर्ने निति ल्याए त्यसलाई शिक्षकहरुले अनुन्वयन गर्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्ने धेरैले शिक्षक संघमा जस्तै मातृ पार्टी कांग्रेसमा पनि एकता हुनु पर्नेमा जोड दिएका छन् । संघको २७ गते बिहान देखि बन्द सत्र सुरु हुने आयोजकले जनाएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्दै ८ औँ जिल्ला अधिबेशन सम्पन्न हुनेछ ।

    कार्यक्रम नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्ष लालप्रसाद बास्तोलाको अध्यक्ष्ता तथा सांसद बल बहादुर केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिबेशनमा भाग लिन नेपाल शिक्षक संघका जिल्ला स्थित सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org