समाचार

  • महिनामा २५ हजार खर्च गर्नुलाई धेरै भन्न नमिल्लाः झरना थापा

    news

    एक समयकी ब्यस्त नायिका झरना थापा अहिले आफै निर्देशक बनेकी छिन् । ‘ए मेरो हजुर-२’ को निर्देशनमा ब्यस्त झरना अभिनयमा पुनः सक्रिय हुने सोचमा छिन् । तर, भूमिका सुहाउँदो हुनुपर्ने उनको मान्यता छ । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

    १. अभिनय त ठ्याक्कै छोड्नु भयो, अब झरनाको नायिका हुने सकियो भन्ने आरोप लगाउँछन् नि ?
    ठ्याक्कै छाडेकी हैन । अहिले म आफ्नै चलचित्र निर्देशनमा ब्यस्त भएकाले अभिनय गर्न नभ्याएकी हुँ । राम्रो भुमिका र मलाई सुहाउँदो रोल पाएँ भने म फेरि अभिनयमा सक्रिय हुन्छु ।

    २. नयाँ विषयमा चलचित्र निर्देशन गर्ने हिम्मत नभएपछि झरनाले पुरानो हिट चलचित्रको नाम सापटी लिइन् भन्नेहरु पनि छन् नि ?
    निर्देशन आफैमा सजिलो काम हैन । त्यसकारण चलचित्र निर्देशन गर्नु अघि धेरै नै सोच विचार गर्नुपर्छ । जहाँसम्म ‘ए मेरो हजुर’को सिक्वेलको कुरो छ, म हिट भएकी नै त्यहि चलचित्रबाट हो । एक हिसाबले मलाई उक्त टाइटल लक्की पनि लाग्छ ।

    ३. तपाई अनावश्यक धेरै पैसा खर्च गर्नुहुन्छ भन्छन्, के यो आरोप सहि हो ?
    खर्चालु त छु । तर, अनावश्यक काममा खर्च गर्नु हुन्न भन्ने मान्यता राख्छु । कहिले साथीभाई भेटेर रमाइलो गर्नुलाई अन्यथा भन्न नमिल्ला । त्यस्तै हो, महिनामा २५/३० हजार खर्च गर्छु । त्यसलाई अत्ति भन्न नमिल्ला ।

    ४. राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने पनि सुनिएको छ, के तपाइलाई पनि अब राजनीतिको साहरा लिनुपरेको हो र ?
    यो विल्कुल गलत आरोप हो । म राजनीतिमा प्रवेश गर्दिनँ ।

    ५. तपाईको यो स्थानमा आउनुमा तपाइको भन्दा पनि तपाइका श्रीमान् सुनिल कुमार थापाको हात धेरै छ, सुनिल नभएको भए झरना उहिले नै पलायन भैसक्थिन् भन्ने आरोप धेरै लाग्छ, के भन्नुहुन्छ ?
    यो आरोप सही हो । तर, मेरो क्षमता नभएको भए सुनीलजीले मात्रै प्रयास गरेर पनि हुन्थेन । तर, मैले जुन काम गरेँ, त्यसमा उहाँले साथ दिनु भएको सही हो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org