ताजा खबर

समाचार

  • एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे

    news

    ४ चैत, काठमाडौं । ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् ।

    न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो ।

    उनी रकम बुझाएर शुक्रबार नै छुटेका छन् । यस्तै सपन श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र मनोज श्रेष्ठ पनि एक-एक लाख धरौटी बुझाएर छुटेको अदालतले जनाएको छ ।

    ७ जनालाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org