ताजा खबर

समाचार

  • बेलायतमा भेटिईन मिरा

    news

    नेपाली चलचित्रमा नायिकाको रूपमा जमेकी नै थिईन मिरा के.सी । ठूलो पर्दाको चलचित्रदेखी टेलिफिल्म र टेलि बिज्ञापनमा पनि ब्यस्तता बढ्दै थियो उनको । कुरा तीन बर्ष अगाडिको हो , त्यतिबेला एक्कासी हराईन उनि । यसरी कला क्षेत्रमा आफ्नो भविष्य ऊज्यालो पार्दै अगाडि बढेकी मिरा क्यामराबाट हराएपछी अरूले पनि चासो दिएनन् र उनि आफै पनि गुमराहमा बस्न चाहिन ।

    तीन ठूलो पर्दाका चलचित्रहरू पूजा, अँगालो अँगांलोमा र क्रान्ति अनि चर्चित टेलि फिल्म बंश , हिजो आजका कुरा र तितो सत्य मात्र होईन टेलि बिज्ञापन मार्फ़त दर्शक माझ पुगेकी मिरा यतिबेला अभिनयको दुनियाबाट धेरै टाढा पारिवारिक दुनियामा रमाई रहेकी छिन । दुई सन्तान र श्रीमानका साथ बेलायतमा बसिरहेकी मिरालाई बेलायतमा एक्कासी भेट्दा उनले भनिन् ..’ जीबन एउटा यात्रा हो । यात्रामा जहाँ पनि पुग्न सकिन्छ ..’ उनको सटिक जबाफ थियो ।

    अभिनय र कलाकारितालाई भने उनले भूल्न सकेकी छैनन् ‘ अहिले परिबार तिरै ब्यस्त छु । यो पनि त जीबनको उपलब्धि हो नि । बच्चाहरू ठूलो भए पछी हेरौ के हुन्छ ? ‘ उनले भनिन् । बेलायतका ब्यस्त शहरमा आफ्नो जिबनलाई अगाडि बढाउँदा माया गर्ने श्रीमान पाएकोमा उनि ख़ुशी छिन । सन्तानोत्पत्ति हेरचाहबाट बचेको समयलाई सदुपयोग गर्दै केही थोरै काम पनि गर्ने गरेकी मिरा यहाँ नेपालीहरूले आयोजना गर्ने कार्यक्रमत्र पनि जाने गर्दी रहिछिन ‘ सन्तानहरू अलि ठूलो भएपछी अभिनयलाई निरन्तरता दिने सोच त उनले बनाएकी छिन ‘- हेरौ पछी के हुन्छ ।

    अहिले त त्यही छ बिचार -‘ उनले भनिन् । फूर्सदको समयमा आफूले काम गरेका चलचित्रहरू हेर्दा बिगत सम्झना आउने कुरा बताउँदै उनले थपिन -‘ म भागेकी होईन । यात्रामा केही सुस्तता आएको हो । सन्तानहरू हुर्किए पछी अभिनयमा फर्कने सोच र योजना छ -‘ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org