ताजा खबर

समाचार

  • म्यानचेष्टर युनाइटेड पाँचौं स्थानमा उक्लियो

    news

    ७ चैत, काठमाडौं । मिडिलब्रोलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

    आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले मिडिलब्रोलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । मिडिलब्रोको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले फिलिनीको गोलबाट अग्रता लिएको थियो ।

    खेलको ६२ औं मिनेटमा लिनगार्डले भ्रमणकारी टोलीको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा गेस्टेडले गोल गर्दै मिडिलब्रोलाई खेलमा फर्काउने प्रयास गरे ।

    खेलको अन्तिममा भ्यालेन्सियाले गोल गरेपछि म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।

    जितपछि म्यानचेष्टर युनाइटेडको २७ खेलबाट ५२ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org