ताजा खबर

समाचार

  • सिरिया युद्धः सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष

    news

    चैत ७ – सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको बिबिसीले जनाएको छ ।

    मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोहीले जोबार जिल्लामा दुईवटा आत्मघात विस्फोट गराएका थिए । सेनाले यही घटनाको जवाफ स्वरुप कारबाही अभियान चलाएको हो ।

    त्यहाँ सँर्घषका क्रममा गोप्य सुरुङ मार्गसमेत प्रयोग भएको छ । संघर्षमा गोलाबारुद तथा रकेटको प्रयोग भएको पर्यवेक्षकले जनाएका छन् । विद्रोही विरुद्ध सरकारी ३० भन्दा धेरै युद्ध विमान खटिएका  छन् । त्यो क्षेत्रमा रहेका विद्रोहीलाई हटाउन संघर्ष गरिरहेको सेनाले जनाएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org