कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • यौनिक रुपमा स्वतन्त्र नभएसम्म महिला स्वतन्त्र हुँदैनन् (तसलिमा नसरीनको अन्तरवार्ता )

    news

    लज्जा’ उपन्यास मैले धरै वर्षअघि पढेको थिएँ । त्यसपछि अरु पनि केही पढियो र लेखिकाको नाम घोकियो तसलिमा नसरिन । तसलिमाको नाम तसल्लीका साथ लिन मिल्दैनथ्यो, किनभने यो नामसँगै उनको विद्रोह पनि गासिएर आउँथ्यो । कतिले उनको विद्रोहलाई होइन यौन पक्षलाई बढी प्रधानता दिन्थे र भन्थे– यो त निकै ‘छिल्लिएर’ लेख्छे, आइमाई होइन र ? यो त्यही कुरा थियो जुन नयाँ सोच्ने पुरुष लेखकलाई ‘अराजक’ र महिला लेखिकालाई ‘छिल्लिने’ भनेर भनिन्थ्यो/भनिन्छ ।

    अँध्यारो दिमागलाई उजिल्याउन झ्याल खोलेर प्रकाशलाई भित्र्याउँदै मात्र के थिएँ कि अप्ठेरो पार्ने गरीको फोन आयो । फोन उही विद्रोही लेखिकासँग भेट्नेबारेको जानकारीसहित थियो । त्यसपछि निकै अल्छीपनाका साथ मैले कोठा छोडेँ । तर जति अल्छी गरेको थिएँ त्यो भन्दा निकै फुर्तिका साथ न्यानो माया दिन कार्यक्रम आयोजक प्रमिला रिजाल अग्रसर देखिनुभयो । ‘साउथ एसियन उमन डेभलपमेन्ट फोरम’ले आयोजना गरेको कार्यक्रममा तसलिमा मन्तव्य राख्न आएकी थिइन । विद्रोही लेखिकाको गहन पाठक मेरा मित्र वासुदेव पौडेल मसँगै थिए, जसले मलाई अन्तिमसम्म साथ दिए ।

    अन्तरवार्ता लिनु सजिलो थिएन । त्यो पनि म जस्तो सामान्य कथित पत्रकारले । विद्रोही लेखिकाको सुरक्षामा सुरक्षाकर्मी खटिएका थिए । हामीले त्यसलाई पार गर्नु ठूलो कुरा थिएन । ठूलो कुरा त विद्रोही लेखिकाले दिएको समयमा नै विद्रोह गर्ने हो कि भन्ने थियो । आखिर त्यही भयो । उनले अनलाइनलाई अन्तरवार्ता दिने आफ्नो नीति नरहेको सूचना हामीसम्म आइपुग्यो । जब कि हामीलाई तोकिएको समयसम्म त्यसबारे केही थाहा थिएन । म जसरी भए पनि एक पटक उनैसँग कुरा गरेर मात्र घर फर्किने सोचमा दृढ थिएँ । पछि धन्न उनले हामीलाई बोलाइन् । हामीसँगै रहेकी फोटो पत्रकार विजु महर्जनसहित हामीले झण्डै तीन घण्टा कुरेर अन्तरवार्ता लियौँ ।

    अन्तरवार्ता दिन हाम्रै अगाडि बसेकी ५५ वर्षीय तसलिमा निकै मधुरो र मीठो स्वरमा हाम्रा प्रश्नहरुको जवाफ दिन तयारी थिइन् । अन्तरवार्ता लिने ठाउँसम्म मसिनो स्वरमा सङ्गीत बजिरहेको थियो । तर जीवनको लयबद्ध सङ्गीतमा आफन्त र समाज छोडी २५ वर्ष निर्वासित जीवन बिताउनु पक्कै पनि सहज होइन । उनी पेसाले चिकित्सक हुन् । चिकित्सक पेसामै हुन्थिन् त सायद उनी हुन्थिन् बङ्गलादेशमै । जुन उनको आफ्नो मातृभूमि हो । तर आफूले देखेको, भोगेको कुरालाई शब्दमा उतार्ने बानीले उनलाई तानी ल्यायो लेखनमा । लेखक भएर बाँच्न कति गारो छ, त्यसको जिउँदो उदाहरण हुन् तसलिमा । किनभने त्यही लेखनले उनलाई जन्मभूमिबाट बेदखल गरायो । तर भन्छिन्– म अन्तर्राष्ट्रियतावादी हुँ । राजनीतिक सीमाले मान्छेलाई बाध्ने परम्परा ठीक होइन । आशा गरौँ उनले सोचेको अन्तराष्ट्रियतावाद हाम्रै जीवनकालमा भोग्न पाइनेछ ।

    उनै लेखिका जसले झण्डै साढे तीन दशक लेखनमा र महिलाको अधिकारका पक्षमा खर्च गरिन्, उनले नै महिलालाई कसरी हेर्छिन् भन्ने जान्न चाहनु मेरा लागि रुचिपूर्ण थियो ।

    दक्षिण एसियाको सन्दर्भमा बितेको एक दशकमा महिलाहरुको भूमिकामा यहाँले कस्ता परिवर्तनहरु महसुस गर्नुभएको छ ?

    राम्रा र नराम्रा दुवै । धेरै महिलाहरुले रोजगारी पाइरहेका छन् । विशेष गरी बङ्गलादेशको सन्दर्भमा महिलाहरुले गार्मेन्ट उद्योगहरुमा जागिर पाएका छन् । पहिले उनीहरु बेरोजगार थिए । यस कुरालाई हेर्दा के भन्न सकिन्छ भने महिलाहरु आर्थिक रुपमा स्वतन्त्रत हुन थालेका छन् । तर इस्लामीकरणका कारण महिलाहरु बुर्का र हिजाब लगाउन बाध्य छन् ।

    धेरै महिला धार्मिक कानुनको पालना गर्दछन् र उनीहरुलाई महिला विरोधी परम्परा, रहनसहन र भेष–भुषाबाट कसरी छुटकारा पाउने भन्ने नै थाहा छैन । त्यसैले मेरो अनुभवमा ‘इन्डियन सब–कन्टिनेन्ट’मा महिलाहरुमा राम्रा र नराम्रा दुवै परिवर्तन देखिएका छन् । केही सन्दर्भमा यो परिवर्तन अग्रगामी छ भने कहीँ पश्चगामी ।

    दक्षिण एसियाको समाजमा महिलाहरुको जसरी चरित्र निर्माण गरिएको छ, त्यस कुरालाई तपार्इंले कसरी हेर्नु भएको छ ?

    मलाई लाग्दैन यहाँ महिलाहरुको विकासका लागि केही धेरै गरिएको छ । अझै पनि यहाँ महिला विरोधी धेरै कानुन, भेष–भुषा र परम्पराहरु विद्यमान छन् । तर पनि के विश्वस्त पार्न खोजिन्छ भने महिलाहरु स्वतन्त्र छन् । पीतृसत्तात्मकता अझै पनि जस्ताको तस्तै छ, जहाँ महिलाहरु दोस्रो दर्जाको नागरिकका रुपमा गनिन्छन् ।

    उनीहरुलाई यौन वस्तु र बच्चा उत्पादन गर्ने कारखानाको रुपमा लिइन्छ । महिलाहरु पढ्छन्, जागिर गर्छन् र कमाउँछन पनि तर उनीहरुलाई पुरुषको दासझैँ व्यवहार गरिन्छ । पितृसत्तात्मक सोचमा अलिकति पनि परिवर्तन आएको छैन । जसले अझै पनि महिलाहरुलाई डसिरहेको छ ।

    विवाह नामक संस्थालाई तपाईंले कुन दृष्टिकोणका साथ हेर्ने गर्नु हुन्छ ? महिलाहरुको सशक्तीकरणमा यसले कस्तो भूमिका खेलेको पाउनुभएको छ ?

    वैवाहिक व्यवस्था त्यस अर्थमा ठीक हो, जब यो मायामा आधारित हुन्छ । यदि महिला र पुरुष एकअर्कालाई माया गर्छन भने त्यो ठीक छ र उनीहरु विवाह गर्न सक्छन् । धेरै ठाउँमा हामी के देख्छौँ भने महिलाहरु खाना बनाउन, सरसफाइ गर्न, पुरुषको सेवा गर्न र बच्चा जन्माउनका लागि ल्याइएका हुन् ।

    हाम्रो समाजमा यो धारणा र अभ्यासलाई नै विवाहको प्रमुख आदर्श वाक्य बनाइयो । होइन र ? एउटा पुरुषका लागि विवाह घरको काम गर्न, बच्चा जन्माउन र हुर्काउन एउटी आइमाई ल्याउनु सरह मात्र हो । महिलाहरु पनि आफू सुरक्षित हुन, बाँच्न र पैसा इत्यादिका लागि विवाहमा बाँधिने गर्छन् । म यस प्रकारको वैवाहिक व्यवस्थालाई ठीक ठान्दिनँ ।


    सामान्यतः धेरै विवाहमा पुरुषलाई प्रभु स्वामी र महिलालाई दासीका रुपमा लिइन्छ । त्यसैले महिलाहरु सधैँभरी यसैगरी पुरुषमाथि निर्रभर हुने हो भने त्यो सम्बन्ध केवल प्रभु र दासीका रुपमा नै रहिरहने पक्का छ । वास्तवमा प्रभु र दासीको सम्बन्धभन्दा त्यहाँ समान मानवको हैसियतमा एकअर्कालाई माया गर्ने जोडी हुनुपर्ने हो ।

    त्यस्तो सम्बन्धमा जब उनीहरुसँगै बस्न र एकअर्कालाई माया गर्न थाल्दछन्, त्यो मायाको समायोजनबाट मात्र बच्चाले रुप लिनुपर्छ । त्यसपछि जन्मिएको बच्चालाई पनि सम्पत्तिको रुपमा लिइनु हुँदैन । मानिसहरु भन्ने गर्छन– ‘तिनीहरु मेरा बच्चा हुन् ।’ त्यो किनभने पुरुषहरु जहिले पनि आफ्नो व्यापार–व्यवसाय आफ्ना छोराहरुले अधिग्रहण गरी सञ्चालन गरुन् भन्ने चाहन्छ ।

    महिलाहरुले घरभित्र समान अधिकार पाउँदैनन् भने उनीहरुले बाहिर पनि समान अधिकार पाउन सक्दैनन् । त्यसैले मैले बारम्बार भन्ने गरेकी छु, घरको काम र बालबालिकाको हेरचाहको काम महिलाले मात्र गर्नुपर्ने कामको रुपमा लिइनु हुँदैन । पुरुषहरुले मात्र बाहिरको काम गर्नुपर्छ भन्ने धारणालाई पनि परिवर्तन गर्नुपर्छ । महिला र पुरुष दुवै घरबाहिर र घरभित्र उत्तिनै काम गर्न सक्छन् । यसलाई समान र साझा कामका रुपमा लिइनुपर्छ । यो नै वास्तविक साझेदारी हो, जुन विवाहको मर्म हो ।

    एउटा लेखकलाई राजनीतिले कति प्रभावित पार्न सक्छ भन्ने कुराको सजीव उदाहरण तपाईं नै हो भन्ने लाग्छ तर त्यही कुरालाई तपाईंले आफ्नो शब्दमा भन्नु परेमा कसरी भन्नु हुन्छ ?

    राजनीतिको अर्थ जहिले पनि सापेक्षित हुन्छ । जस्तैः केही लेखकहरु राजनीतिक रुपमा सचेत हुन्छन् । केही लेखक राजनीतिमै लाग्छन् । तर केही लेखक जस्तोसुकै राजनीतिबाट पनि टाढा रहन्छन् । तर त्यस्ता लेखक जो समाजप्रति प्रतिबद्ध हुन्छन् उनीहरुको लेखनले समाज परिवर्तन र मानिसहरुको स्तर उन्नतिमा प्रभाव पार्छ ।

    मैले निकै नजिकबाट के देखेकी छु भने मेरो लेखाइबाट धेरै लेखक तथा महिलाहरुलाई प्रेरणा मिलेको छ । धेरै मानिसहरुले आफूलाई परिवर्तन गरेका छन् । पहिलेको तुलनमा उनीहरु सशक्त भए भन्ने उनीहरुले नै मलाई भनेका छन् । मेरो लेखनले उनी (महिला)हरुलाई परिवर्तनमा ऊर्जा दिएको छ । उनीहरु आफै निर्णय गर्न सक्ने बनेका छन् । उनीहरु पुरुषभन्दा आफूलाई कम ठान्दैनन् । त्यसैले मैले सामान्य मानिसहरुलाई आफ्ना अधिकार र स्वतन्त्रताका लागि लड्न प्रेरित गरेकी छु । केही लेखकहरु फरक हुन्छन्, उनीहरु अझै पनि कविता र काव्य मात्र लेख्ने गर्छन् र उनीहरुलाई समाज परिवर्तनको केही मतलव हुँदैन ।

    मेरो हकमा, म समाज परिवर्तनप्रति सचेत छु । विशेष गरेर महिला र मानव अधिकारको विषयमा म निकै सचेत छु । मैले विशेष गरेर वाक स्वतन्त्रताका लागि बोल्ने र लेख्ने गरेकी छु । तसर्थ पनि यो समाजका लागि म योगदान दिन चहान्छु । किनभने म यो समाजलाई बदल्न चहान्छु । म मानिसहरुलाई सहयोग गर्न चहान्छु र उनीहरुले वाक स्वतन्त्रताको प्रयोग गरेको हेर्न चहान्छु ।

    त्यसैले मेरो राजनीति भनेको मानिसलाई आफ्ना भनाइ राख्न अवरोध हुनुहुँदैन भन्नेमा केन्द्रित हुन्छ । राजनीतिक दल र धर्मबाट टाडा रहनुपर्छ । विशेष गरेर राज्य त झनै धर्मबाट टाढा रहनुपर्छ । कानुनहरु धर्ममा आधारित रहेर निर्माण गरिनुु हुँदैन । कानुन समानतमा आधारित हुनुपर्छ । त्यसैले म लेखकाका रुपमा कविता, काव्य र काल्पनिक कथा मात्र लेख्दिनँ कि सत्य र तथ्यमा आधारित रहेर लेख्ने गर्दछु । ता कि उनीहरुलाई मेरो लेखनले उत्प्रेरित गरोस् र राजनीतिक रुपमा सचेत रहन प्रेरणा मिलोस् ।

    त्यसको अर्थ तपाईंलाई राजनीतिले लेख्न थप घच्घच्याउँछ र प्रेरित गर्छ भन्न खोज्नु भएको ?

    राजनीतिले मलाई असर पारेको छैन । तर मेरा विचारहरुले राजनीतिलाई प्रभावित पार्ने गरेको छ । मेरा आफ्नै केही विचारहरु छन्, जसमा म दृढ छु । मेरा विचारलाई मैले दह्रोसँग समाएकी छु । त्यसैमा टेकेर मैले राजनीतिक दल र तीनका योजना विचारहरुको आलोचना गर्ने गर्छु । ममा कसैप्रति आसक्ति छैन । चाहे त्यो वामपन्थी होस् अथवा दक्षिणपन्थी । मलाई लागेको कुरामा म उनीहरुको आलोचना गर्ने गर्छु ।

    वामपन्थी अथवा दक्षिणपन्थी जेसुकै होस मैले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्नुपर्छ । म मेरो विचारका आधारमा विषयहरुलाई स्वीकार र अस्वीकार गर्ने गर्छु । मेरो आफ्नै दिमाग छ, सोच छ, जसले सही र गलत छुट्याउँछु । यसलाई कसैले प्रभावित पार्न सक्दैन । मैले पूर्णरुपमा सही र सम्पूर्ण मानव अधिकारको रक्षा गर्ने राजनीतिक संस्था भेटेकी छैन । तिनीहरुमा सधैँ केही राम्रा र नराम्रा कुराहरु हुन्छन्, जसबाट राम्रा कुरा मात्र मैले लिने गरेकी छु ।

    विश्वका कैयौँ लेखकले ‘एक्टिभिजम’ गरेको देखिन्छ तर तपाईंले त्यसो गरेको पाइँदैन । तपाईंलाई के लाग्छ, एउटा लेखकले ‘एक्टिभिजम’ गर्नु हुन्छ कि हुँदैन?

    यहाँ धेरै लेखकहरु छन् । जसले ‘डेमोन्सटे«टिभ एक्टिभजम’ गर्दैनन् । मेरो एक्टिभिजम भनेको मेरो लेखाइ हो । म समाजप्रति प्रतिबद्ध लेखक हुँ । म महिला अधिकार र मानव अधिकारको विषयमा जे लेख्छु त्यो नै ‘एक्टिभिजम’ हो । बाहिर गएर प्रदर्शन गर्नुलाई मात्र ‘एक्टिभिजम’ भनिदैन । म लेखाइबाटै धेरै मानिसहरुलाई सचेत पारिरहेकी छु । मैले पर्चा, पम्पलेट नछाप्दैमा र बाहिर गएर प्रदर्शन नगर्दैमा यसलाई ‘एक्टिभिजम’ होइन भन्न मिल्दैन । मैले यी सबै कुरा मेरो लेख–रचनाबाट गरी रहेकी छु ।

    मेरा हरेक लेखाइहरुमा मैले केही सन्देश दिने गरेकी छु । यिनमा खुसी हुनु, दुःखी हुनु, मायामा पर्नु जस्ता विषय मात्र छैनन् । मैले मेरा लेख–रचना मार्फत गहन सन्देश दिन सधैँ प्रयासरत छु । मेरा हरेक कृतीहरुमा महिलाहरु शसक्त र बलिया हुन्छन् । उनीहरु कहिल्यै कसैको दबाब सहन गर्दैनन् । अवरोधहरु तोड्छन र स्वतन्त्र हुन चहान्छन् । मेरा हरेक कृतिहरुमा महिला सशक्त भएजस्तै पुरुष लेखकहरुका कृति हेर्नुस् त, त्यहाँ महिलाहरुको भूमिका शान्त र दासी स्वभावका हुन्छन् ।

    त्यहाँ महिलाहरु कहिल्यै विद्रोह गर्दैनन् । उनीहरु पतिको सेवामा, परिवारको हेरचाहमा र पुरुषको आदेश मान्न तल्लीन रहन्छन् । पुरुष लेखकहरुको लेखनमा महिलाले आफ्नो सम्पूर्ण माया पतिमा अर्पण गर्छन् तर उनीहरुलाई पतिबाट माया पाइएको छ कि छैन् भन्नेसमेत मतलब हुँदैन । उनीहरु महिलालाई यसरी आदर्श नारीका रुपमा चित्रित गर्न सधैँ तम्तयार हुन्छन् । तर मेरा कृतिहरुमा महिलाहरु ती हुन् जो सधैँ समाजमा विद्यमान व्यवस्था र पितृसत्तात्मक सोचको विरुद्धमा उत्रिन्छन् । यो नै मेरो ‘एक्टिभिजम’को शैली हो ।

    तपाईंले पितृसत्तात्मकता, धार्मिक अतिवाद, यौन हिंसाबारे निकै लेख्नुभयो र अरुलाई पनि यसैमा लेख्न प्रेरित गर्नुभयो । तर यी साहित्यमा मूलतः यौनलाई नै केन्द्र बनाइयो भन्ने धारणा रहेको छ । के तपाईंलाई महिलाकै विषयमा लेख्दा पनि यसबाहेक लेख्न अरु विषय छन् भन्ने लागेन ?

    यौन मात्र होइन, जसमा मैले कलम चलाएँ । मैले महिलाका सम्पूर्ण मुद्दाहरुमा लेखेकी छु । मैले महिलाको यौनिक स्वतन्त्रताको विषयलाई जोड दिएर भने लेखेकी हुँ । किनभने मानिसहरु के बुझ्ने गर्छन् भने महिलाहरु स्वतन्त्र भइसके र अलिक धरै नै स्वतन्त्र भए त्यो सही होइन । महिलाहरुको स्वतन्त्रता आज पनि पुरुष नियन्त्रित स्वतन्त्रता हो ।

    कुनै समय थियो जति बेला पुरुषहरु महिलालाई विद्ययालय, कलेज र जागिरमा नजा भन्थे तर समय फेरिएसँगै उनीहरुले अहिले कम्तीमा पढ्न, जागिर खान जा भन्न थालेका छन् । त्यो पुरुषहरुले हामीलाई दिएको नियन्त्रित स्वतन्त्रता र छुट हो । तर महिलाले अझै पनि वित्तीय स्वतन्त्रता र ‘मोभिलिटी’ (गतिशीलता) अधिकार प्राप्त गर्नु बाँकी नै छ ।

    हाम्रो समाजमा महिला आज पनि सामान लिन बजार जान पाउने अवस्था छैन । यदि महिलाहरु बाहिरफेर हिँडडुल गर्न लागेमा पुरुषले उनीहरु यौनिकरुपमा स्वतन्त्र भएको ठान्छन र उनीहरुले त्यसो गरुन् भन्ने पटक्कै चाहँदैनन् । यो क्षेत्रमा महिलाहरु अझै पनि स्वतन्त्र छैनन् । त्यसैले मैले भन्ने गरेकी छु महिलाहरु त्यसबेलासम्म स्वतन्त्र हुँदैनन् जबसम्म उनीहरु यौनिक रुपमा स्वतन्त्र हुँदैनन् ।

    यौनिक स्वतन्त्राको अर्थ जुन पुरुष भेट्यो त्यसैसँग जतिबेला पनि सुत्न पाउने अधिकार भन्ने होइन । यौनिक अधिकारको अर्थ यौन सम्पर्क गर्दा पनि महिलाको इच्छाको सम्मान गरिनुपर्छ भन्ने हो । महिलाले आफ्नै पतिसँग पनि ‘हुन्न’ भन्ने अधिकार पाउनुपर्छ भन्ने हो । यदि ऊ चहाँदिन भने उसलाई ‘हुन्न’ भन्ने अधिकार हुनुपर्छ । ‘हुन्न’ अर्थात् ‘हुन्न’ । कतिवटा बच्चा जन्माउने अथवा जन्माउँदै नजन्माउने अर्थात् महिलाको पाठेघरमाथिको पुरुष नियन्त्रणको अन्त्य नै यौनिक स्वतन्त्रता हो । महिलाहरुलाई पढ्न पाउने, जागिर खाने, संसद र सरकारमा जाने अधिकार दिइयो तर यौनिक स्वतन्त्रताको अधिकार दिइएन । धेरै मानिसहरुले यस विषयमा बोलेका छैनन्, तसर्थ पनि मैले यस विषयमा जोड दिइरहेकी छु ।

    महिलाहरु यौन स्वतन्त्रताबाट वञ्चित छन्, सही कुरा हो तर तपाईंसँग लेख्न त्योबाहेक अरु कुनै समस्या छैनन् ?

    मैले महिला शिक्षा, स्वतन्त्रता र निर्णय लिनुमा महिलाको सहभागिताका विषयमा लेखेकी छु । मानिसहरु मैले लेखिरहेका अन्य विषय हेर्

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org