कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • ‘झर्किएर काम गर्नेहरुले नर्सिङ पेशा रोज्नु हुँदैन’

    news

    नर्स प्रभा ज्ञवाली लुम्बिनी अञ्चल अस्पताल बुटवलमा नर्सिङ अधिकृतका रुपमा कार्यरत छिन्। ३६ वर्षको नर्सिङ करियरमा उनले धेरै आरोह अवरोह भोगेकी छिन्। नर्सिङ पेशालाई उनले धेरै नजिकबाट नियालेकी छिन्। नेपालमा नर्सिङ पेशा, नर्सहरुको अवस्था लगायतका विषयमा ज्ञवालीसँग स्वास्थ्यखबर संवाददाता चन्द्रकान्त खनालले कुराकानी गरेका छन्ः

    लामो समय भयो नर्स भएर काम गर्नु भएको, यो दौरानमा कस्ता अनुभव समेट्नु भएको छ? 
    जागिरको सिलसिलामा धेरै तीता–मिठा अनुभवहरु भोगेको छु। नर्सिङ सेवामा जागिरे हुनु त्यति सजिलो छैन। कामप्रति अति संवेदनशील हुनुपर्ने, सानो गल्ती पनि ठूलो रुप लिने, सहकर्मीबीच तीव्र प्रतिस्पर्धा हुने जस्ता अप्ठ्याराहरु छन्। जति सेवाभाव राखेर काम गर्दा पनि अपजस आइहाल्ने पेशा हो नर्सिङ। तर, म आफ्नो कामप्रति सन्तुष्ट नै छु। कोही सहकर्मी नै खुट्टा तान्न आउँछन्, कोही बिरामी र आफन्त गाली गर्न आउँछन्, दिनरात नभनी खट्दा पनि सम्मान पाइएन जस्तो लाग्छ कहिलेकाहीँ। फेरि आफूले सेवा गरेका बिरामी हाँसीखुसी घर फर्किएको देखेर यी सबै कुरा भुलिन्छ। त्यसमा आनन्द लाग्छ।

    कुनै बच्चले धर्तीमा पहिलो आँखा उघार्दा र कुनै मानिसले मृत्युको शैय्यामा अन्तिम आँखा चिम्लिँदाको साक्षी हो नर्स। मानिसका जीवनमरणका यिनै आरोह–अवरोहसँग जुध्दै आइरहेकी छु। 

    कसरी आउनु भयो नर्सिङ पेशामा? जागिर खाने उद्देश्य थियो कि सेवा गर्ने? 
    कलिलो उमेरमा जागिर खाने भन्ने लालसा कति पनि थिएन। त्यति बेलाको उद्देश्य भनेकै नर्स बन्छु भन्ने थियो। म ८–९ वर्षकी हुँदा बिरामी परेर अस्पताल जाँदा ब्रिटिस आर्मी क्याम्पमा कार्यरत नर्सले लगाएको युनिर्फमबाट ज्यादै आकर्षित भएको थिएँ। सायद त्यहीबेला मेरो मनमा नर्स बन्छु भन्ने सपना पलाएको हुनुपर्छ। एसएलसी पास गरेपछि दायाँबायाँ केही नसोची म नर्सिङ पढ्नतिर लागेँ। त्यो बेला नर्सको संख्या अहिलेजस्तो थिएन, पढाइ सकेपछि जागिरको ढोका खुल्यो। आखिर नर्सको जागिर भन्नु जागिर मात्रै पनि त होइन सेवा पनि हो। 

    नर्सलाई हेर्ने दृष्टिकोण पहिले र अहिलेमा कस्तो पाउनुहुन्छ? 
    समय अनुसार हरेक कुरामा परिवर्तन हुँदै जान्छ। चाहे सोचाइमा होस् या प्रविधिमा। सेवालाई सेवा गर्ने व्यक्तिको आचरणसँग जोडेर हेरिथ्यो त्यो बेला। महिलाले रातको समयमा गर्नुपर्ने ड्युटीप्रति समाज त्यति उदार थिएन। तर, नर्स भनेको बिरामीको सेवा गर्ने पेशा भएकाले समाजमा इज्जत थियो। 

    अहिले भने नर्सहरु प्रसस्त छन्। पहिला–पहिला फलानाकी छोरी नर्स हो रे भन्ने चर्चा हुन्थ्यो। अहिले त छिमेकीको छोरी नर्स छ भन्ने पनि थाहा हुन छोड्यो। निजी क्षेत्रमा काम गर्ने नर्सहरु थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भए। पढ्नेहरु बढे तर अवसरको ढोका चौतर्फी खुलेन। त्यसैले होला, पहिलाजस्तो नर्सलाई हेर्ने दृष्टिकोण अहिले पाइँदैन। 

    नर्सिङ पेशाका चुनौती के होलान्? 
    जुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ। हामीले राम्रा पक्षलाई अझै सृदृढीकरण गर्दै लानुपर्छ। नराम्रा पक्षलाई परिमार्जन गर्दै सुधार गर्नुपर्छ। 
    नर्सलाई अहिले बारम्बार लाग्ने गरेको आरोप हो, बोली राम्रो हुँदैन, झर्कीफर्की गर्छन्, बिरामीसँग नरम व्यवहार देखाउँदैनन् भन्ने। यो कुरा केही हदसम्म सत्य पनि हो। नर्सको बोलीचाली, व्यवहार बिरामीमैत्री हुनुपर्छ, यसमा शंकै छैन। तर, त्यस्तो वातावरण सिर्जना हुनुको कारण के होला? भनेर कसैले खोजी गरेको पनि त छैन। कार्यबोझ, अड आवरको ड्युटी, बिरामी र आफन्तको व्यवहार, पारिश्रमिकको सवाल, जागिरको असुरक्षा जस्ता विषयले नर्सहरुलाई मानसिक दबाब दिइरहेको हुन्छ। एउटी नर्सले केही तनाब नलिई निस्फक्री सेवा गर्न पाएकै हुँदैन। समस्या के हुन् भनेर त्यसको समाधान खोज्नतिर लाग्ने हो भने, नर्समाथि लाग्ने गरेका यस्ता आरोप स्वतः घटेर जानेछन् भन्ने लाग्छ मलाई । 

    यसका साथै, बिरामीको अनुपात नर्स नहुनु, स्वास्थ्य बीमा नहुनु, माथिल्लो तहको नर्सिङ कर्मचारीको कोटा कम खुल्नु, तालिम प्राप्त गरेपछि पनि धेरै समयसम्म जागिर नपाउनु, न्यून पारिश्रमिकमा काम गर्न वाध्य हुनु, श्रम शोषणमा पर्नु, विदेश पलायन हुनु लगायतका मुद्दा नर्सिङ पेशाका चुनौतीहरु हुन्। 

    अवसर पनि त थपिएको होला नि?
    अवसरहरु पनि छन्। अहिले अधिकांश जिल्लामा नर्सिङ कलेज खुलेका छन्। जसले गर्दा नर्सिङ शिक्षा हासिल गर्न सजिलो भएको छ। अस्पताल खुल्ने र स्तरवृद्धि गर्दै जाने सिलसिलामा जागिरको अवसर पनि खुल्न थालेको छ। नर्सहरुले उच्चशिक्षा हासिल गरेकाले उनीहरुको आत्मसम्मान बढेको छ। 

    पेशागत हकहितका लागि बोल्ने अधिकार पाइएको छ। स्वास्थ्य संस्थाको माथिल्लो तहमा प्रशासनिक कार्य र व्यवस्थापन गर्ने जिम्मेवारीसमेत नर्सहरुले पाएका छन्। नर्सिङ सेवाकै लागि विदशे जाने अवसर आएका छन्। सरकारी तथा अर्घसरकारी संघसंस्थाहरुमा नर्सको माग बढेको छ। अहिले नर्सहरु वौद्धिक क्षेत्रमा पनि गनिन थालेका छन्। उनीहरुलाई विज्ञका रुपमा मान्यता दिन थालिएको छ। यो नर्सिङ पेशाबाटै प्राप्त भएको अवसरहरु हो नि।

    नर्सिङ पेशाको अहिलेको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ?
    नेपालमा उत्पानद भएका रजिस्ट्रड नर्सको संख्या ७० हजार पुगिसकेको छ। नर्सको उत्पादन बढे पनि लोकसेवा प्रक्रियाबाट सरकारी सेवामा प्रवेश गर्ने नर्सहरु धेरै कम छन्। हाम्रा छोरीचेलीले नर्सिङ पढेर एउटा सीप सिक्न पाएका छन्, त्यो सकारात्मक कुरा हो। तर, त्यहीअनुसारको सम्मान र अवसर मिलिरहेको छैन। नर्सिङ पढ्नेहरु युरोप, क्यानडा, अस्ट्रेलियातिर जान थालेका छन्। राज्यले कति नर्स आवश्यकता हो र कसरी व्यवस्थापन गर्ने भन्नेबारे कुनै योजना नै नबनाई कलेज खोल्न छुट दिएको छ। यही क्रम केही समय जाने हो भने, ठूलो नर्सिङ जनशक्ति बेरोजगार हुनुपर्ने अवस्था आउँछ। 

    नर्सिङ पेशालाई अझ परिस्कृत कसरी बनाउने? 
    नर्सिङ सेवामा ज्ञान र सीप दुवै आवश्यक हुन्छ। त्यस्तै शिष्तटा पनि चाहिन्छ। ‘स्वास्थ्यकर्मीले बिरामीसँग मिठो बोलिदिँदा आधा रोग त्यसै कम हुन्छ’ भन्ने चलन छ। र, नर्सहरुलाई सबैभन्दा बढी अपजस आउने पनि यही बोलीचाली र व्यवहारकै कुरामा हो। अरु पेशाजस्तो हुँदैन नर्सिङ पेशा। यो सिधै बिरामीको जीवनसँग जोडिएको पेशा भएकाले नर्सहरुले शिष्ट हुन सिक्नै पर्छ। दुःख, अप्ठ्यारा आफ्नै ठाउँमा राखेर ड्युटीमा रहुन्जेल हाँसेर, खुसी भएर सेवा गर्नुपर्छ। रिसाएर, झर्किएर काम गर्नेहरुले नर्सिङ पेशा रोज्नु हुँदैन।

    सरकारले पनि नर्सहरुको हितमा मापदण्ड बनाउनुपर्छ। विशेष गरेर निजीमा काम गर्ने नर्सहरुको तहअनुसारको पारिश्रमिक तोकिदिनुपर्छ। वृत्ति विकाससँगसँगै थप अध्ययनका लागि बाटो खुला गरिदिनुपर्छ। बिरामीको अनुपातमा अस्पतालहरुले नर्सलाई नियुक्ति दिनुपर्छ, जसले गर्दा कामको बोझले नर्सलाई तनाव हुने क्रम रोकिन्छ।

    साथै, समयसापेक्ष प्रविधिको विकास भइरहेको हुन्छ। पेशासँग जोडिन आउने नयाँ–नयाँ विषयमा नर्सहरुले आफूलाई अपडेट गर्नुपर्छ। हाम्रो उद्देश्य भनेको बिरामीको सेवामा टेवा पुर्याउनु हो। बिरामी र कुरुवाप्रति सम्मानपूर्वक व्यवहार गर्नु नै हाम्रो धर्म हो। तब मात्र बिरामीलाई उत्कृष्ट सेवा दिन सकिन्छ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org