समाचार

  • अफगानिस्तानमा अमेरिकाले खसाल्यो अहिलेसम्मकै ठूलो बम, ‘मदर अफ अल बम्स्’

    news

    काठमाडौं, वैशाख १ – अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को नाम पनि दिइएको छ । 

    अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ । बम अाक्रमणपछि के कति क्षति भयो भन्ने विवरण बाहिर अाएको छैन । सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिइएन । 

    अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा यो बम खसालेको बिबिसीले जनाएको छ । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ । गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो ।

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org