समाचार

  • विश्वकै चर्चित आरोही स्टेकको सगरमाथा आरोहणको क्रममा मृत्यु, शब काठमाण्डौ लगियो ।।

    सुबास दर्नाल,सोलु एफ एम सोलुखुम्बु

    विश्वकै चर्चित आरोही स्वीज्रल्याण्डका उली स्टेकको सगरमाथा आरोहणका क्रममा आज मृत्यु भएको छ । दोश्रो शिविर क्याम्प टु नजिकै खोंचमा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो । आरोहण अभ्यासका लागि क्याम्प टु देखि क्याम्प थ्री तर्फ जानुपर्नेमा उनी नुप्चे हिमालतिर अघि बढेका थिए ।

     हिमालयन उद्दार संघका आधारशिविर प्रमूख लाक्पानुर्बु शेर्पाका अनुसार उनी बाटो बिराएर नुप्चेतिर जाने क्रममा लडेको हुनसक्ने आशंका गरिएको छ । शव उद्दार गरि हेलिकप्टर मार्फत लुक्ला ल्याई पोसमार्टमका लागी काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ । ४१ वर्षिय उलीले पटक पटक विभिन्न हिमाल आरोहण गरेकै कारण ‘स्वीस मेसिन’ उपनाम दिइएको थियो । उनले यसअघि पनि सगरमाथा आरोह गरिसकेका थिए ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org