समाचार

  • राष्टिय मानव अधिकार आयोग काठमाण्डौको आयोजनामा सोलुखुम्बुको सल्लेरीमा अन्र्तकृया कार्यक्रम सम्पन्न ।।

    सुबास दर्नाल,सोलु एफ एम सोलुखुम्बु,
    राष्टिय मानव अधिकार आयोग काठमाण्डौको आयोजनामा सोलुखुम्बुको सल्लेरीमा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा मानव अधिकारको अवस्था बुझ्न आयोजना गरिएको अन्र्तकृयामा राष्टिय मानव अधिकार आयोग केन्द्रिय कार्यलयका मानकअधिकार अधिकृत हरिप्रसाद ज्ञवाली, प्रशासकिय अधिकृत लक्ष्मी राई लगायत जिल्ला स्थित महिला अधिकार कर्मी मानव अधिकारकर्मी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

    राष्टिय मानव अधिकार आयोग केन्द्रिय कार्यलयका अधिकृत हरिप्रसाद ज्ञवालीले स्थानिय चुनावमा जिल्लामा हुन सक्ने मानव अधिकार हनका घटनाहरुका विषयमा जिल्ला स्थित मामनव अधिकार कर्मीहरु सचेत हुनु पर्ने जोड दिनुभयो । त्यस्तै सहभागिहरुले बाल श्रम ,बाल विबाहका घटना, महिला हिसां,जतिय विभेद,लैगिंक विभेद लगायतका  घटनाहरुका विषयमा जिज्ञासा राखेका थिए ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org