कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • ‘काठमाडौंमा एमाले / राप्रपा अप्राकृतिक गठबन्धन तोड्नेछु’

    news

    नेपाली कांग्रेसले  काठमाडौं महानगरमा राजुराज जोशीलाई मेयर पदका उमेदवार बनाएको छ । जोशीको उमेदवारी किन ? उनी विजय भए महानगर कस्तो बनाउँलान् ? यिनै विषयमा केन्द्रित रहेर काठमाडौं महानगरमा मेयरका उमेदवार जोशीसँग गरेको कुराकानीः

    काठमाडौं महानगरको मेयरमा तपाईंको उमेदवारी केका लागि ?
    काठमाडौंमा जुन किसिमको अप्राकृतिक गठबन्धन देखिएको छ, सत्तालोलुपता र सत्तास्वार्थका लागि परिआए जोसँग जस्तो पनि सम्झौता गर्ने जुन परिपाटी देखिएको छ, त्यसको विरुद्ध हो मेरो उमेदवारी ।
    अर्को, लोकतन्त्रको संस्थागत सुद्धिढिकरण, स्थानीय तहको सबलिकरणका लागि कांग्रेसको विजय अपरिहार्य छ । जसरी कांग्रेसको नेतृत्वमा संविधान बन्यो र मुलुक एकखालको संविधानविहीनताको अवस्थाबाट पार लाग्यो । स्थानीय निर्वाचनमार्फत कांग्रेस सुदृढ स्थानीय सरकारको अपेक्षा गरिहेको छ । लोकतन्त्रलाई आधारभूत तहसम्मै विस्तार र विकास गर्न खोजिरहेको छ त्यसैका लागि पनि मेरो उमेदवारी हो  ।


    त्यसका अलावा अरु एजेन्डा पनि होलान् नि !
    महानगरको समृद्धि र महानगरबासीको समुन्नती नै मेरो प्राथमिकता हो । उहाँहरूको उन्नती प्रगती नै महानगरको लक्ष्य हो । त्यसका अतिरिक्त नेपाली कांग्रेसले महानगरको धूलो, धुवाँको दीर्घ समाधान खोजिरहेको छ । ट्राफिक जामका कारण घन्टौँ बाटामा अड्किनुपर्ने बाध्यता हट्नेछ । त्यसका लागि अन्डरग्राउन्ड मेट्रो रेल, फ्लाइओभरआदी विकल्प हुन सक्छन् । कांग्रेसले काठमाडौं महानगरको मेयर जितेको खण्डमा हामी पाँच वर्षभित्रमै यी सपना पूरा गर्न चाहन्छौँ । महानगरभित्रका सरकारी विद्यालयको हालत उस्तै छ । शिक्षक छन् विद्यार्थी भर्ना नै हुन आउँदैनन् । कतिपय ठाउँमा शिक्षक भन्दा विद्यार्थी थोरै भइसके, अब त्यो अवस्थाको अन्त्य हुनुपर्छ ।
    स्वास्थ्यको अवस्था उस्तै छ । संविधानमा स्वास्थ्यलाई मौलिक हकमा त राखियो तर उपचारको प्रवन्ध छैन । व्यवस्थित अस्पताल छैन, प्रसुती गराउने अस्पतालको दूरवस्था उस्तै छ । यी सबै समस्याको निराकरणका लािग कांग्रेसको जित अपरिहार्य छ  ।
    भूकम्प गएको दुई वर्ष वित्यो । धरहरा लडेको लड्यै छ । रानीपोखरी मरुतुल्य बन्यो । अन्त ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक धरोहरहरू खण्डहर छन् । कहिले बन्ने टुंगो छैन, यस्तो अन्योलताबाट पार लगाउँछ कांग्रेसले । त्यतिमात्र होइन त्यसको जीवन्तता, सांस्कृतिक पक्ष, पुरातात्विक पक्षको जगेर्ना गर्दै यथाशीघ्र पुनःनिर्माण गर्नुपर्छ ।
    अहिले विमानस्थलमा हेर्न जानुभयो भने कारुणिक अवस्था छ । दैनिक दुई हजारमाथि युवा विदेशिन्छन् । तिनका परिवारको आँसुको भेल बग्छ । ती दूर दराजका मात्र छैनन् ।

    काठमाडौँबासी निम्न आए भएका, अझ विशेष गरी सहरी गरिब वर्ग पनि छन् । बाहिर जान, वैदेशिक रोजगारीमार्फत सस्तोमा श्रम बेच्न अभिशप्त युवालाई महानगरले रोजगारी दिन चाहन्छ । सूचना, प्रविधिमार्फत उनीहरूको ज्ञानको दायरा फराकिलो पार्ने र महानगरका वार्षिक २० हजार युवालाई रोजगारी दिने कांग्रेसको लक्ष्य छ ।  यसबाहेक कांग्रेसले अल्प र दीर्घकालीन विभिन्न योजना बनाउने नै छ । 


    मतदाताले तपाईंलाई नै रोज्लान् ?
    काठमाडौं महानगरका सचेत मतदाताको कांग्रेसप्रति मोह छ । विगतको दुई वटा निर्वाचन त्यसको दृष्टान्त हो । अहिले एमाले र राप्रपा जुन रवैयाका साथ प्रस्तुत भइरहेका छन्, त्यसले महानगरबासी सशंकित भइरहेका छन् ।

    एमाले र राप्रपा मिल्नु भनेको हार स्वीकार्नु हो । ती दुवै दल हारिसके । अर्को, गम्भीर कुरा छ, त्यो के हो भने एमाले राप्रपा दुवै महिला विरोधी देखिए । संविधानमा उल्लेख भएको व्यवस्थाको खिलाफमा उनीहरूले उमेदवारी प्रस्तुत गरिरहेका छन् । गठजोड गरेका छन् । महिलाहरूले उनीहरूलाई कसरी मत हाल्छन् ?


    निर्वाचन जित्नेमा कांग्रेस कत्तिको विश्वस्त छ  ?
    हामी प्रशस्तै मतले जित्छौँ । तपाईंलाई भनौँ, कांग्रेसले काठमाडौं महानगरमा ५० हजार मतले लिड गर्छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org