समाचार

  • पिजीमा आरक्षणको विषयमा आइओएम र आन्दोलनरत विद्यार्थीबीच यस्तो सहमति

    news

    चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) मा आरक्षण लागू गरेको विरोधमा उत्रिएका महाराजगञ्ज चिकित्सा क्याम्पसका विद्यार्थी र आइओएमबीच सहमति भएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा विद्यार्थीले पिजीमा आरक्षणको विरोध जनाउँदै गरेको तालाबन्दी पनि सहमतिसँगै खुलेको छ।

    आइओएम र आन्दोलनरत विद्यार्थीबीच उपयुक्त व्यक्तिलाई आरक्षण कोटामा पढ्न दिने सहमति भएको हो। गलत व्यक्तिले अवसर पाउने अवस्थालाई रोक्नका लागि एक समिति गठन गरिएको छ। डा. ईश्वर लोहनीको संयोजकत्वमा बनेको समितिमा अभिमन्यू झा (सदस्य, उच्चस्तरीय स्नातकोत्तर परीक्षा अनुगमन समिति), भुवनकुमारी डंगोल (सदस्य, स्नातकोत्तर तह प्रवेश परीक्षा सञ्चालक समिति), भाइराजा थापा (लेखा अधिकृत), मिलन गैह्रे (स्ववियु सभापति), डा. लिजन महर्जन (प्रेसिडेन्ट, एनआरडिए) सदस्य छन्। सदस्य सचिव शाखा अधिकृत भोला सिग्देल छन्। 

    आइओएमले त्रिविको पुस २० गतेको सिनेटको निर्णय र सर्वोच्च अदालतको आदेश अनुसार पिजीमा २० प्रतिशत कोटा आरक्षणका लागि छुट्याएको थियो। तर, विद्यार्थीले विशेषज्ञ चिकित्सक बन्ने पिजी तहमा आरक्षण लागू गर्न नुहने माग राखेका थिए।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org