समाचार

  • भारतः विवाह हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु

    news

    वैशाख २८ – भारतको राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको छ । राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण बुधबार बेलुका विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    ९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् । घटनामा २८ जना घाइते भएका छन् । भरतपुरको सिवर रोडमा रहेको एक हलमा विवाह समारोह भइरहेका बेला तीव्र गतिमा हुरी चलेपछि त्यसबाट बच्न मानिसहरु पर्खालको आडमा आएका थिए । त्यही बेला पर्खाल भत्किएकाले धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ ।

    राजस्थानका मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाले घटनाप्रति दुःख व्यक्ति गर्दै घाइतेको उपचार गर्न निर्देशन दिनुभएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org