समाचार

  • 'हैट' र 'मंगली' ले गर्ने भए रोमान्स

    news

    'हैट' भन्ने थेगोबाट चर्चित भएका कलाकार हुन् बुद्धि तामाङ । चलचित्र 'कबड्डि' मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । चर्चित टेलिसिरियल 'मेरि बास्सै' बाट औपचारिक रुपमा कलाकारितामा प्रवेश गरेका उनी 'मेरि बास्सै' मा 'हनुमाने' को भूमिकामा देखिन्छन् ।

     

    उनले 'कबड्डि' र 'कबड्डि कबड्डि' मा मुख्य भूमिकामा काम गरेका थिए । तर उनको लोप्रियतालाई थप उचाईमा पुर्यायो चलचित्र 'छक्का पञ्जा' ले । त्यसपछि उनी ब्यस्त बनेका छन् । 'हैट' अब पुनः नयाँ चलचित्रमा हिरो भएर आउँदैछन् । उक्त चलचित्रको नाम हो, 'मट्टिमाला'। 'मट्टिमाला' चलचित्रमा 'मेरि बास्सै' की 'मंगली' को भुमिका निभाउने रजनी गुरुङ देखिनेछिन् । 'हैट' नायक र 'मंगली' नायीका भएर चलचित्रमा काम गर्दैछिन् । 'हैट' र 'मंगली' 'मेरि बास्सै' का चर्चित जोडि हुन् । उनीहरुलाई लिएर पौरखी फिल्मस्ले नयाँ चलचित्र बनाउन लागेको हो ।

     

    साथै चलचित्र 'मट्टिमाला' मा 'घ्याम्पे सुब्बा' ( विनोद राई) र दीपक आचार्य ( बाङ्गे) को पनि मुख्य भुमिका रहनेछ । बाँकि कलाकारहरुका लागि भने अडिसन भैरहेको 'मट्टिमाला' का निर्माता पृथ्वी राईले जानकारी दिए । एक करोड बढि लगानीमा बन्न थालेको चलचित्र आगामी श्रावण देखि फ्लोरमा जानेछ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org