समाचार

  • ह्यारी केन चम्किएपछि टोटनह्यामको शानदार जित

    news

    इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले साबिक विजेता लेस्टर सिटीलार्य ६–१ ले हराएको हो । 

    टोटनह्यामको जितमा ह्यारी केन एक्लैले चार गोल गरे । थप दुई गोल सन हेङ–मिनले गरे । लेस्टरका लागि चिलवेलले एक गोल फर्काए । २५ औं मिनेटमा पहिलो गोल गरेका केनले दोस्रो हाफमा थप तीन गोल गरे । 

    उनले ६३m ८८ र इन्जुरी समयमा गरी चार गोल पूरा गरेका हुन् । यस्तै सनले ३६ र ७१ औं मिनेटमा गरी दुई गोल गरे । लेस्टर सिटीसँगको खेलमा चार गोल गरेका केन यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा उक्लिएका छन् ।

    एक खेल बाँकी हुँदा अहिलेसम्म उनले २६ गोल गरेका छन् भने सात गोलका लागि सहयोग गरेका छन् । दोस्रो स्थानमा रहेका एभर्टनका रामेलु लुकाकुले २४ तथा तेस्रो स्थानमा रहेका आर्सनलका एलेक्स सान्चेजले २३ गोल गरेका छन् । 

    जितपछि दोस्रो स्थानको टोटनह्यामको ८३ अंक भएको छ । ११ औं स्थानको लेस्टरको ४३ अंक छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org