समाचार

  • नाम्चे गाविसको २६ औ गाउँपरिषद्

     
    सोलु एफएम, सोलुखुम्बु ।
     
    नाम्चे गाविसको २६ औ गाउँ परिषद् सम्पन्न भएको छ ।  आर्थिक बर्ष २०७४÷७५ को लागि कुल बजेट ७० लाख विनियोजना गर्दै परिषद् सम्पन्न भएको हो ।
    पुजिगत तर्फ ६१ लाख ३२ हजार, चालु तर्फ ५ लाख ४५ हजार, आयोजना व्यवस्थापन तर्फ ३ लाख २२ हजार रकम विनियोजना गरिएको छ । लक्षित समुह अन्र्तगत बालवालिकालाई ६ लाख १३ हजार, जनजाति, दलित, अपांग, जेष्ठ नागरीकलाई ९ लाख १९ हजार, कृषि, वातावरण तर्फ ९ लाख १९ हजार, पुर्वाधार निमार्ण विकास तर्फ नाम्चे खानेपानी ट्यांकी निमार्ण १५ लाख, थामेआधारभुत विद्यालयको पुस्कालय भवनका लागि १० लाख रकम विनियोजना गरिएको छ । पर्यटन प्रर्वृद्धन आइस केयर ट्रेनिङ थामेका लागि ५ लाख छुट्याइएको छ ।  गाउँ परिषद्बाट सम्पन्न गर्न नसकिने १ दर्जन बढि ठुला योजना छनौट गरी इलाका परिषद्, जिल्ला परिषद् मार्फत केन्द्र सम्म पठाउने निर्णय गरिएको छ । 
    यस बर्ष नागरीकहरुको उल्लेख्य सहभागितामा गाउँ परिषद् सम्पन्न भएको भन्दै सरोकारवालाहरुले खुशी व्यक्त गरेको सहकर्मी खगिन्द्र राज बास्तोलाले जानकारी दिनुभयो । नागरीकले गाउँपरिषद्बाट छनौट भएका योजनाका लागि नै बजेट विनियोजना हुनुपर्ने माग समेत राखेका छन् । 
    गाविस सचिव शम्भु आचार्यको अध्यक्षतामा सगरमाथा राष्ट्रिय निकुन्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्यालजेन शेर्पाको प्रमुख आतिथ्यता तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङ दोर्जी शेर्पाको विशेष आतिथ्यतामा गाउ परिषद् सम्पन भएको हो । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org