स्वास्थ्य

  • जलबिन्दुबारे चिकित्सक र बिरामीबिच अन्तरक्रिया

    जलबिन्दु भएका बिरामी र चिकित्सकबिचको सम्बन्ध सुदृढ गराउन जलविन्दु सचेतना कार्यक्रम  गरिएको छ।  नेपाल आँखा अस्पातालेले  जलबिन्दू विशेषज्ञ र चार पटक जलबिन्दु भएका बिरामीबीच अन्तरक्रिया गरेको हो।  अस्पतालमा उपचारका लागि आएका बिरामीहरु एक पटक आएपछि फ्लोअपमा नआउने, औषधि नियमति प्रयोग नगर्ने, औषधि प्रयोग गर्ने सही तरिका नजान्नेजस्ता समस्या देखिएपछि चिकित्सक र...

  • news

    जुम्लामा मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगसम्बन्धी ‘पेन’ कार्यक्रम लागू

    कर्णालीको जुम्लामा पहिलोपटक मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगसम्बन्धी प्याकेज कार्यक्रम ‘पेन’ आजबाट लागू भएको छ।  यहाँका स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आज...

  • news

    सिओपिडी दिवसमा टिचिङमा शिविर

    त्रिवि शिक्षण अस्पतालमा आज स्वासप्रस्वासम्बन्धि दीर्घकालिन दम रोग (सिओपिडी)सम्बन्धि निशुल्क शिविर सञ्चालन गरिएको छ। आज विश्व सिओपिडी दिवसका अवसरमा अस्पताल परिसरमा सञ्चालित शिविरमा ८ सय जनाले सेवा लिएका छन् । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र पल्मोनोलोजी एण्ड क्रिटिकल कियर मेडिसिन युनिटले आयोजना गरेको शिविरमा अस्पतालमा आएका बिरामीका आफन्त, ओपिडीमा अन्य जाँचका लागि...

  • news

    मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

    विश्व मधुमेह दिवसको अवसरमा काठमाडौं डाइबिटिज एन्ड थाइराइड सेन्टर र अल्का अस्पताल प्रालि जावलाखेलले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। विश्व मधुमेह दिवसमा मंगलबार अल्का अस्पताल जावलाखेलमा निःशुल्क स्वास्थ्य परीक्षणसँगै जनचेतना मूलक र्‍याली तथा अन्तर्क्रिया कार्यक्रम आयोजना भयो। मधुमेह सम्बन्धी जनचेतना मूलक र्यायलीमा करिब साढे ५ सय जनाले सहभागिता जनाएका थिए।...

  • आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

    कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ।  स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो।  आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा इन्द्रमान महर्जनको नेतृत्वको छजनाको...

  • मधुमेह दिवसको अवसरमा अल्कामा निःशुल्क परीक्षण

    विश्व मधुमेह दिवसका अवसरमा काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पतालले एक हप्ते मधुमेह सम्बन्धी निःशुल्क ब्लड सुगर परीक्षण सुरु गरेको छ। मधुमेह दिवस १४ नोभेम्बरका दिन पर्छ ।  दिवसको दिन सेन्टर र अस्पतालले जनचेतनामुलक र्‍याली गर्नुका साथै करिब ५ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गर्ने डा अंशुमाली जोशीले जानकारी दिए । उनका अनुसार परीक्षणमा आएकालाई औषधि...

  • news

    पाल्पा: स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेको सङ्ख्यामा वृद्धि

    रामपुर, पाल्पा- स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउने महिलाको सङ्ख्यामा यहाँ वृद्धि भएको छ।  आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि पाल्पामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भएको हो । विसं २०६८ बाट पाल्पामा आमा सुरक्षा कार्यक्रम शुरु भएको हो ।  पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने...

  • news

    चिकित्सा शिक्षा विधेयक किन रोकियो? गोविन्द केसीद्वारा राष्ट्रपतिसँग सूचना माग

    सरकारले अध्यादेशमार्फत जारी गर्न राष्ट्रपति कार्यालय पठाएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे सूचना लिन डा गोविन्द केसी लगायतले निवेदन दर्ता गराएका छन्। मन्त्रिपरिषदबाट पारित भएको विधेयक पारित वा फिर्ता सम्बन्धनमा कुनै पनि जानकारी प्राप्त नभएपछि केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, तोसिमा कार्की, अभिशेषकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले सूचनाको निवेदन...

  • news

    क्यान्सर विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

    नेपालमै भएको स्रोतसाधन र प्रविधिको उच्चत्तम प्रयोग गरी उपचार चुस्त बनाउनुपर्ने निष्कर्षसहित चितवनमा भएको क्यान्सरसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  यही कात्तिक १६ गतेदेखि शुरु भएको तीनदिने सम्मेलनले बाह्य देशमा जस्तो उपचार पद्धति र प्रविधिको विकास नेपालमा नभएकाले भएका स्रोतसाधनलाई भरपुर उपयोग गरी उपचार सफल पार्नुपर्ने विज्ञहरुको...

  • news

    २० वर्षदेखि अस्पताल पुन सञ्चालन गर्न माग

    करिब दुई दशकअघिदेखि बन्द मिसन अस्पताल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्।  विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ हुवासमा रहेको अस्पताल अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको अस्पताल सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।  विसं...

  • news

    हेल्थ असिस्टेन्टद्धारा सिअहेव सहजकर्ता भएको तालिम बहिष्कार

    जिल्ला स्वास्थ्य कार्यालय  कपिलवस्तुले अयोजना गरेको क्षयरोग अधारभुत तालिम हेल्थ असिस्टेन्ट (हेअ) हरूले बहिष्कार गरेका छन्। हेल्थ असिस्टेन्टलार्इ तालिम दिने सहजकर्तहरु सिअहेव रहेको भन्दै तालिम बहिष्कार गरेका हुन्। तालिम सुरू भए लगतै हेल्थ असिस्टेन्टहरूले तालिम गुणस्तरीय हुनु पर्ने तथा सहजकर्ता हेअ भन्दा बरिष्ठ हुनु पर्ने तगाएतका माग राखेपछि विवाद उत्पन्न भएको...

  • महेन्द्रनगरमा थाइराइड र हर्मोन परीक्षण सुरु

    महेन्द्रनगरस्थित अस्पताल रोडमा रहेको लाईफ केयर प्याथोलोजी प्रालिले आफ्नो सेवा विस्तार गरेको छ। प्याथोलोजीले सुदुरपश्चिम क्षेत्रका बासिन्दाका लागि लक्षित गर्दै पहिलो पटक थाइराइड र हर्मोन परीक्षण सेवा सुरु गरेको हो। गत वर्षदेखि सञ्चालनमा आएको प्याथोलोजीले जनताको माग अनुसार नै सेवा थप गरेको प्याथोलोजीका इन्चार्ज केशव जोशीले जानकारी दिए।  ‘थाइराइड जाँचको लागि...

  • news

    कर्णालीमा स्वास्थ्य अनुसन्धान थालनी

    पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ ।  यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो । प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले...

  • news

    दुर्गम हुम्लामा एकैपटक २२ जना डाक्टरले दिए सेवा

    विभिन्न विशेषज्ञ चिकित्सकहरुको संस्था ‘एक एक पाइला’ ले हुम्लाको सिमीकोटमा तीन दिने निशुल्क स्वास्थ्य शिविर गरेको छ। शिविरमा एक हजार ७ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् । यही कात्तिक ९ देखि ११ गतेसम्म जिल्ला अस्पताल हुम्लामा चलेको शिविरमा तीन हजार बढीले स्वास्थ्य परार्मश लिएका थिए ।  छालारोग विशेषज्ञ डा सविना भट्टराईले शिविरमा नाक, कान, घाँटी, स्त्री रोग, छाला...

  • आयुर्वेदिक उपचारको महत्व बुझ्दै शुक्लाफाँटाका बासिन्दा

    आयुर्वेदिक चिकित्सा पद्धतिको महत्वबारे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सर्वसाधारणले बुझ्न थालेका छन् ।  रोग निवारणका लागि आयुर्वेदिक औषधि प्रभावकारी सावित भएपछि सर्वसाधारणको औषधालयप्रतिको आकर्षण बढ्न थालेको हो । झलारी आयुर्वेद औषधालयमा उपचार गर्न पुग्ने बिरामीको संख्यामा विगतको तुलनामा तीनगुणाले वृद्धि भएको छ ।  आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org