स्वास्थ्य

  • news

    औलो नियन्त्रण गर्न टोली बाजुरा आइपुग्यो

     बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ ।  टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि समेत आवश्यक उपचार सेवा शुरु गर्ने भएको छ ।  कोल्टी आसपासका बस्तीमा यसअघि मलेरियाका २६ जना बिरामी भेटिएका थिए । स्वास्थ्य सेवा विभाग, सरुवा रोग तथा महामारी...

  • news

    कास्की: सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय

    कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत सरकारद्वारा सञ्चालित बीमा कार्यक्रममा आजसम्म ४२ हजार ५ सय जनाले नाम दर्ता गरेको सामाजिक स्वास्थ्य बीमा सुरक्षा विकास समितिका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए। २०७३ पुस १२ देखि सञ्चालन भएको बीमा कार्यक्रमबाट दुई करोड रुपैयाँ संकलन भएको छ भने १४...

  • news

    सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

    पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ।  विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका बहिरङ्ग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१...

  • भास्कुलर सोसाइटीद्वारा पोखरामा वर्कसप

    भाष्कुलर सोसाइटी अफ नेपालले सीएमई तथा वर्कसप गरेको छ । नेपाल मेडिकल एशोसियसनसँगको सहकार्यमा पोखरामा भएको दुई दिने वर्कसपको पहिलो दिन ९० डाक्टर सहभागी थिए । दोस्रो दिन २२ जना सर्जन (अर्थाेपेडिक, जनरल र युरो सर्जन)ले वर्कसपमा सहभागी भएको थिए । वर्कसप भास्कुलर एनास्टोमोसि र इम्बेलेक्टोमीमा केन्द्रीत थियो ।  काठमाडौं आठ जना भाष्कुलर सर्जन सहभागी...

  • news

    स्वास्थ्यमा सहयोग बढाउने जापानी राजदूतको प्रतिबद्धता

    स्वास्थ्यमा जापानी सरकारको सहयोग बढाउने नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बताएका छन् । शुक्रवार स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलसँगको भेट वार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।  आफू राजदूत बनेर आएपछि स्वास्थ्यमा पुनः ठूलो लगानी भित्र्याइरहेको जानकारी दिँदै आगामी दिनमा थप सहयोगका लागि पहल गर्ने उनले बताएका हुन् । स्वास्थ्य मन्त्रालयको नीति,...

  • बिपी क्यान्सर अस्पतालका डाक्टरले कटारीमा दुई दिन सेवा दिने

    कटारी मोडेल हेल्थ केयरमा भरपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञले उपचार सेवा दिने भएका छन्। आगामी असोज ६ र ७ गते दुई दिन क्यान्सर अस्पतालका डा अरुण सिग्देल र डा दीपक सिंहले उपचार सेवा दिने भएका हुन्।  उदयपुर कटारी क्षेत्रमा रहेका बिरामीलाई लक्षित गर्दै उपचार सेवा दिन लागेको कटारी मोडल हेल्थले जनाएको छ।  क्यान्सरको  चेकअपका लागि भरतपुर...

  • news

    झापा: क्यान्सर बिरामी राजवंशीलाई सहयोग

    क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गरेका छन्। विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा...

  • आत्महत्या विरुद्धको दिवसमा रिदमले बनायो यस्तो सर्ट मुभी

    ललितपुरस्थित रिदम न्यूरो साइक्याट्री अस्पताल एन्ड रिसर्च सेन्टरले आत्महत्या विरुद्धको दिवसका अवसरमा जनचेतनामुलक सर्ट मुभी बनाएको छ।  हेरौँ...

  • news

    थप छ जिल्लामा बालपोषण भत्ता वितरण गरिने

    सरकारले यस वर्ष थप छ जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्न थालेको छ।  केन्द्रीय पञ्जीकरण विभागले अति गरिबीको सूचाङ्कमा रहेका जिल्लाका बालबालिकालाई बालपोषण भत्ता वितरण गर्ने तयारी थालेको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिए।  विभागले ५ वर्षमुनिका बालबालिकालाई मासिक रु ४०० बालपोषणबाट भत्ता दिने गरेको छ । गरिब बालबालिकालाई खाजा, पोषणयुक्त...

  • अधिकांश शिक्षक-विद्यार्थीमा भाइरलको संक्रमण भएपछि विद्यालय बन्द

    भाइरल ज्वरोले गर्दा गुल्मीको एक विद्यालयमा दुई दिनयता बन्द भएको छ।  मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्द भएको हो। विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार दुई दिन विद्यालय बन्द गरिएको शिक्षक सुनिल भण्डारीले जानकारी दिए। विद्यार्थीमा सुरुमा टाउको दुख्ने,...

  • बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

    गत पुसदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम बैतडीमा प्रभावकारी बन्दै गएको छ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले तुलनात्मकरुपमा बीमा कार्यक्रम प्रभावकारी बनेको जनाएकोे छ । भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तर लगायतका चुनौतीका बाबजुद पनि बीमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको सामाजिक स्वास्थ्य...

  • news

    रसुवा: भाइरल ज्वरो नियन्त्रणमा

    कुण्ड गाउँपालिकामा दुई हप्तादेखि फैलिएको ज्वरो र रुघाखोकीको प्रकोप नियन्त्रणमा आएको छ। नौकुण्ड गाउँपालिका–१ को लाङवुथाङडोर, सिङबन्दी लगायत गाउँमा ज्वरोबाट तीन सय जनाभन्दा बढी बिरामी परेका थिए । प्रभावित क्षेत्रमा औषधिसहित स्वाथ्यकर्मी परिचालन गरेर रोग नियन्त्रणमा ल्याइएको जिल्ला जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्माले बताइन्। स्थानीय स्वास्थ्य चौकीमा औषधि अपुग...

  • news

    पन्ध्र जिल्लाका चौबीस जनामा डेङ्गु सङ्क्रमण

    चितवन- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका १५ जिल्लामा डेङ्गु रोग देखिएको छ। जसमा २४ जना सङ्क्रमित भएको र अहिलेसम्म मानवीय जोखिम भने भएको छैन । बढी डेङ्गु सङ्क्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजना छन्।  पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेङ्गु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लाल बताउँछन्। एडिस...

  • news

    लागुऔषध न्यूनीकरणविरुद्धको अभियानलाई तीब्रता

    लागुऔषध प्रयोग न्यूनीकरणविरुद्धको अभियानलाई तीब्रता दिएको रुपन्देही प्रहरीले लागुऔषध दुव्र्यसनी उपचार तथा पुनःस्थापना केन्द्रको समेत अनुगमन गरेको छ।  पहिल्लो समयमा लागुऔषध प्रयोग गर्नेहरुको न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अभियान अन्तर्गत लागुऔषध नियन्त्रण दस्तालाई समेत परिचालन गरेको जनाएको छ । दस्ताले...

  • news

    भक्तपुर: निःशुल्क शिविरमा ५०९ जनाको मुटु जाँच

    मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ९ जना लाभान्वित भएका छन्।  सहज र सर्वसुलभरुपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार शिविर आयोजना गरेको हो।  शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले ५ सय ९ जनाको निःशुल्क...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org