स्वास्थ्य

  • news

    कञ्चनपुरमा कालाजारका बिरामी फेला परे

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ। कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो।  पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताए। निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उनले बताए। एक...

  • news

    चितवनको बाढी प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य जाँच

    बाढीबाट प्रभावित क्षेत्रमा भरतपुर अस्पतालले बुधवार स्वास्थ्य शिविर गरी स्थानीयको स्वास्थ्य जाँच गरेको छ।  वाढी पश्चात हुन सक्ने रोगको महामारीलाई मध्यनजर गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्देशनमा भरतपुर अस्पतालले रत्ननगरका वाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो।  भरतपुर अस्पतालका डाक्टर कृष्ण पौडेलको नेतृत्वमा रत्ननगर ८ स्थित...

  • news

    बारपाकमा सिजनल फ्लु : एकको मृत्यु, ३०० भन्दा बढी बिरामी

    गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ।  साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ।  बारपाक गाउँमा तीन सयजनाभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन् । बिरामीमध्ये...

  • news

    डा. केसीलाई ‘वार्ताकार’ले दिए तीन विकल्प, तोड्लान् त अनसन ?

    सत्तारुढ दलका नेताहरुले आमरण अनसनरत डा. गोविन्द केसीसामू तीन विकल्प प्रस्तुत गरेका छन् । बालुवाटारको सहमति अनुसार डा. केसीको अनसन नतोडिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता गगन थापाले सहमतिका लागि अर्को प्रयास थालेका हुन् । नेताहरुका अनुसार सहमतिका लागि अहिले पनि पहल भइरहेको छ । तर, ठोस प्रगति हुन बाँकी छ ।   के-के छन् विकल्प ? पहिलो विकल्पः यदि डा....

  • news

    ताप्लेजुङः पहिरोले बगायो खानेपानीको मुहान, १८३ परिवार दूषित पानी पिउन वाध्य

    अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ। पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि शुद्ध खानेपानीको अभाव भएको स्थानीयबासीले बताएका छन्। स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्तुरा, खाङ्ग्रे खोल्सी, हस्तपुर, डुडेखोला,...

  • news

    डा केसीको अनशनका सन्दर्भमा माग्ने बुढाको व्यंग्यः गरिबका छोराछोरी डाक्टर बने खलासी तिमी बस्छौ ?

    डा गोविन्द केसी जनस्वास्थ्यका मुद्दा अघि सारेर अनशन बसिरहेका विषयमा लोकप्रिय हाँस्य कलाकार केदार घिमिरे माग्ने बुढाले व्यंग्य गरेका छन् । उनले बिरामी जाँचेर महंगा औषधि भिडाउने, कमिशन खाने, क्लिनिक बोलाउने  धन्दा गर्नुपर्ने भन्दै माग पूरा नगरिदिने सरकारलाई व्यंग्य कसेका हुन् ।  उनले गरिबका छोराछोरी डाक्टर बन्ने होइन, अरबको तातोमा सेकिन जन्मेको छेडखानी गर्दै लेखेका...

  • news

    डा. केसीको माग पूरा भइसक्यो, भोलिसम्ममा अनशन तोडिन्छः शिक्षामन्त्री

    चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीले भोलिसम्ममा अनशन तोड्ने उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले डा. केसीका माग पूरा भइसकेकाले अब अनशन तोडिने बताए । संसदीय समितिले शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पनि अनशन नतोडिएपछि असन्तुष्ट देखिएका...

  • news

    नवलपरासीः कावासोती नगरपालिकालाई पाँच वर्षभित्रमा कुपोषणमुक्त बनाइने

    कावासोती नगरपालिकाका जनप्रतिनिधिहरुले आगामी पाँच वर्षभित्रमा नगर क्षेत्रलाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जनप्रतिनिधिहरुले स्वस्थ, सफा र पूर्ण पोषणयुक्त घर, गाउँ, वडा अभियान सञ्चालन गर्दै आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता जनाएका हुन्। नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले मुसहरसहित पछाडि पारिएका अन्य समुदायको...

  • news

    बाग्लुङः पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा

    बाग्लुङ– बलेवा क्षेत्रलाई केन्द्रित गरी बाग्लुङ नगरपालिका – १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। एम्बुलेन्स सेवाले पैयुँपाटा लगायत बलेवा क्षेत्रका सर्वसाधारण लाभान्वित हुने भएका छन्। स्वास्थ्य चौकीमा सबै प्रकारकोे उपचार सेवा नहुँदा रिफर गरी पठाउनुपर्ने बिरामीलाई समयमा गाडी नपाइने हुँदा धौलागिरि अञ्चल अस्पताल तथा अन्य...

  • news

    रेकर्डेड रक्तदाता कर्माचार्यलाई अभिनन्दन

     नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने रेकर्डेड रक्तदाता प्रेमसागर कर्माचार्यलाई सार्वजनिक अभिनन्दन गरिएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले १५० पटक रक्तदान गरेका छन्। सिर्जनशील वातावरण संरक्षण केन्द्र, झीगु थःसि नेवाः पुचःखुसि लँ बुहारी महिला समूह, असहाय मानव उत्थान केन्द्र, ललितपुर युवा समूह चाङ्गाथलि र नेपाल...

  • news

    इलाममा जडीबुटी खेतीतर्फ किसानको आकर्षण

    इलाममा जडीबुटी विकास कार्यक्रम लागू भएपछि उत्तरी क्षेत्रका बासिन्दा जडीबुटी खेतीमा सक्रिय भएका छन्। वन मन्त्रालयअन्तर्गत जिल्ला वन कार्यालयको अनुदान सहयोगमा गत वर्ष नयाँबजार, प्याङ, सुलुबुङ, पुवामझुवा, माईपोखरी, जोगमाई, जमुना, माईमझुवा र मावुमा सो कार्यक्रम सञ्चालन भएको थियो।  राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा जडीबुटीको माग बढेपछि जडीबुटीको व्यावसायिक खेतीका...

  • news

    त्रिशूली अस्पतालको फार्मेसी सञ्चालन

    नुवाकोट जिल्ला अस्पतालले बुधबारदेखि आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालनमा ल्याएको छ।  सरकारी अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशनसहित बजेट विनियोजन भएपछि पाँच लाखको लगानीमा औषधि खरिद गरेर फार्मेसी सेवा सञ्चालनमा ल्याएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यप्रसाद भुसालले जानकारी दिनुभयो।  अस्पतालको फार्मेसीमा निजी औषधि पसलकोभन्दा...

  • news

    रगत नबन्ने थालेसिमिया रोग बिरामी बढ्दै, प्रभावकारी कार्यक्रम ल्याउन माग

    थालेसिमिया (रगत नबन्ने) रोगको पहिचान, न्यूनीकरण र उपचारबारे सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन् ।  यो रोगबारे सरकारले खासै चासो नदिएका कारण यसको पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन नसकेको गुनासो बिरामीको छ । नेपालमा थालेसिमियाका बिरामीको एकिन तथ्यांक सरकारी निकायसंग नभएपनि मुलुकभर ६०० भन्दा बढी बिरामी हुनसक्ने  अनुमान नेपाल थालेसिमिया...

  • news

    डोल्पाः खुट्टा भाँच्चिएकी आशाको हेलिकोप्टरबाट उद्धार

    खुट्टा भाँचिएर रगत धेरै बगेका कारण गम्भीर अवस्थामा पुगेकी रुकुम गोतामकोट–५ घर भएकी आशा सार्कीलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लगि सुर्खेत पुर्‍याइएको छ।  साउन १४ गते ठूलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा उनको दाँयाखुट्टा ढुंगाले लागेर भाँच्चिएको थियो। खुट्टा भाँचिएपछि अत्यधिक रक्तस्राब भइ गम्भीर अवस्थामा पुगेकी आशालाई नेपाली सेनाको...

  • news

    डडेल्धुराः बिरामीको चाप बढ्दो, जनशक्ति अभावले उपचारमा कठिनाइ

    सुदूरपश्चिमको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामीको चाप बढ्दै गएको छ। मौसममा आएको परिर्वतनले गर्दा अस्पतालमा ज्वरो, रुघाखोकी जस्ता मौसमी बिरामीको संख्या बढेको हो।  अस्पतालमा अहिले दैनिक तीन सयभन्दा बढी बिरामी आउने गरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.शिवराज पनेरुले बताए।  ५० शय्याको अस्पतालमा डडेल्धुरासहित सुदूरपश्चिमका सात पहाडी जिल्ला बैतडी, डोटी,...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org