सोलु समाचार

  • news

    भुकम्प प्रतिरोधि भवन हस्तान्तरण ।

    पुस ५,२०७४ उद्दक बस्नेत, सोलु एफ  एम, गोली, सोलुखुम्बु लिखुपिके गाउँपालीका १ मा नवनिर्मित विद्यालय भवन गोलि आधारभुत विद्यालयलाई हस्तान्तरण गरिएको छ । हिमालयन ट्रष्टले निर्मागरेको ६ कोठे भवन र छात्र छात्रा सौचालय आज विद्यालयलाई हस्तान्तरण गरिएको हो ।  विद्यालयमा आज एक औपचारीक कार्यक्रमका बीच उक्त भवन हस्तान्तरण गरिएको सहकर्मी उद्दक बस्नेतले जानकारी दिनुभयो । २०७२...

  • news

    गोठमा आगलागि हुँदा दुई लाख बढी क्षती ।

    पुस ५, २०७४ सोलु एफ एम, फाप्लु ः सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ फाप्लु नजिकै रहेको एक गोठमा आगलागी भएको छ । आज दिउँसो करिब २ बजे स्थानीय मानबहादुर विश्वकर्माको गोठमा आगलागी भएको हो । गोठमा कोही नभएको अवस्थामा अचानक सल्कीएको आगोबाट २ लाख १० हजारका क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  गोठमा ट्याक्टरका सामाग्री तथा ६० थान काठ, घासपात, काठ काट्ने आरा...

  • news

    सोलुखुम्बुमा पुननिर्माणले गति लिन सकेन ।

    पुस ५, २०७४ सृष्टि सुनुवार, सल्लेरी ः सोलुखुम्बुमा ९  हजार ७ सय घरधुरीले निजी घर पुननिमार्णका लागि पहिलो किस्ताको लागि अनुदान सम्झौता गरेका छन् । ८ हजार २ सयले पहिलो किस्ता लिए पनि सोलुखुम्बुमा पुननिमार्णका कामले गति लिन नसकेको जिल्ला समन्वय समिति सचिवालय सोलुखुम्बुका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो ।  पुननिमार्ण प्राधिकरणले खटाएका प्राविधिकहरु इन्जिनियर,...

  • लक्षित वर्गको बजेट खोजी गर्ने टाक्सिन्दुका सुन्दास प्रहरी खोरमा ।

    पुस ४, २०७४ सोलु एफ एम, सोलुखुम्बु लक्षित वर्गको बजेट खोजी गर्दा सोलुदुधकुण्ड नगरपालीका १ टाक्सिन्दुका राजकुमार सुन्दास प्रहरी हिरासतमा पुगेका छन् । गत वर्ष साविकको टाक्सिन्दु गाविसबाट लक्षित वर्ग अन्तरगत दलित शिर्षकमा विनियोजन भएको बजेटबारे वडा कार्यालयमा जवाफ माग्दा प्रहरी हिरासतमा पुग्नुपरेको हो ।  सोलुदुधकुण्ड नगरपालीका १ टाक्सिन्दुले वडा कार्यालयमा...

  • एक हजार बढी भुकम्प प्रभावीतले गुनासो दर्ता गरे ।

    पुस ४, २०७४ सृष्टि सुनुवार, सोलु एफ एम सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा एक हजार बढि भुकम्प प्रभावितको गुणासो आएका छन् । पुर्ण क्षतिको सुचिमा नपरेपछि छुटेका परिवारले मंसिर मसान्त सम्म सम्वन्धित वडा तथा गाउँपालिकाको कार्यालयमा गुणसो दर्ता गरेका हुन्् । दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय  अधिकृत अवि राईले गाउँपािलका आफैले पनि डेस्क खडा गरी गुणासो संकलन गर्ने काम...

  • news

    हिमाली जिल्ला सोलुखुम्बुमा आलु उत्पादन बढ्यो ।

    पुस ४, २०७४ सृष्टि सुनुवार, सोलुखुम्बु ः   सोलुखुम्बुमा आलु उत्पादन विगतको बर्षको तुलनामा यस वर्ष बढेको छ । जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नेत्र बहादुर भण्डारीका अनुसार बाली लगाउने क्षेत्रफल घटेपनि उत्पाकत्व गत बर्षको भन्दा बढेको छ ।  मौसमी अनुकुलता, कृषिको तालिम, मलखादको उचित प्रयोगले  आलु तथा धानको उत्पादत्व...

  • महाकुलुङको एक बनमा आईतबार देखी लागेको आगो अझै नियन्त्रणमा आएन, सरकारी संयन्त्रले वेवास्ता गरेको उपभोक्ता समितिको गुनासो ।

    पुस ३, २०७४ सृष्टि सुनुवार, सोलुखुम्बु सोलुखुम्बुको महाकुलुङको एक बनमा आइतबार विहान देखि लागेको डढेला अझै नियन्त्रणमा आएको छैन । सोलुखुम्बुको महाकुलुङ गाउपालिका ५ मा रहेको पाङसुङ थासिङ वन उपभोक्ता क्षेत्रमा लागेको डढेलो क्रमशः फैलिइदै गएको पत्रकार विवश कुलुङले जानकारी दिनुभयो । मानव बस्ती सम्म आगो फैलन सक्ने भएपनि स्थानीय मिलेर उक्त जोखिम टारेका छन् । भोजपुर तर्फ भने...

  • आगलागि पिडितलाई सहयोग हस्तान्तरण ।

    पुस ३, २०७४ सोलु एफ एम सोलुखुम्बु । खाङरी शेर्पा किदुक पत्तालेले आगलागी पिडित परिवारलाई सहयोग गरेको छ ।  सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ केरुङ बागमका टेण्डी शेर्पालाई  २८ हजार बराबरको खाद्यान्न र भाडाकुडा साथै नगद ५ हजार प्रदान गरिएको खाङरी शेर्पा किदुक पत्तालेका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो । पिडीत परिवार आफन्तको घरमा शरण लिएर बसेको छ । शेर्पाको घरमा...

  • news

    लुक्ला बजार सरसफाई ।

    पुस ३, २०७४ खगिन्द्र राज बास्तोला, लुक्ला, सोलुखुम्बु  पm्याफुल्ला तामाङ समाज लुक्लाको आयोजनामा खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं २ लुक्ला बजार र आसपासको क्षेत्रको सरसफाई गरिएको छ । पm्याफुल्ला तामाङ समाज लुक्लाका सदस्य र सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी गरी १ सय जनाको सहभागितामा सरसफाई गरिएको हो ।  उक्त सरसफाईबाट एक हजार केजि बढि फोहोर संकलन गरीएको छ ।...

  • news

    ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले मंसिरमा ७२ हजार राजश्व संकलन ग¥यो ।

    पुस ३, २०७४ सोलु एफ एम सोलुखुम्बु । अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले मंसिर महिनामा ७२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघंन गर्ने साना तथा ठुला ९८ वटा सवारी साधनको कारबाहीबाट ७२ हजार राजश्व अशुल गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका निमित्त इन्चार्ज नारायण बस्नेतले जानकारी दिनुभयो ।  सबै भन्दा बढि जिप कारबाहीमा परेका छन् । जिप ४७...

  • news

    प्रविधियुक्त भुकम्प प्रतिरोधी विद्यालय भवन उद्घाटन ।

    पुस ३, २०७४ सुबास दर्नाल, वाकु सोलुखुम्बु बुद्धिबिकास आधारभुत बिद्यालय दुधकोशि गाउँपालिका ७ सोलावनको ३ कोठे प्रबिधियुक्त भुकम्प प्रतिरोधि बिद्यालय भवनको उद्घाटन गरिएको छ । हिमालयन ट्रष्ट र एक्सन फर नेपालको सहयोगमा निर्माण गरिएको उक्त भवनको आईतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।  कुल ५२ लाखको लागतमा निर्माण गरिएको उक्त भवनमा स्थानीयहरुबाट करिव ६ लाख वरावरको...

  • दुई सय युवालाई निशुल्क डकर्मी तालिम दिईने ।

    पुस २, २०७४ सोलु एफ एम मुक्लि, सोलुखुम्बु  स्थानीय तहमा गरीवि निवारण तथा रोजगारी सिर्जना, लघु उद्यम विकास मोडेल सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुधकौशिका गाउँपालिकाका प्रमुख असिम राईको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।   यसैबीच  उद्योग बिकास शाखा सोलुखुम्बुले  २ सय जना निशुल्क डकर्मी  तालिम दिने भएको छ  । एक नगरपालिका सहित ७...

  • युवाको सक्रियतामा खानेपानी मर्मत ।

    पुस २, २०७४ सोलु एफ एम सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ केरुङ चिम्दिङका युवाहरुले खानेपानीको ट्याकी सफाई तथा पाइपलाइन मर्मत गरेका छन् । स्थानीय सुकमान श्रेष्ठले गाउँका युवाहरु मिलेर मासिक रुपमा एक पटक खानेपानीको ट्याकी सफाई तथा पाइप लाइन मर्मत गरिदै आएको जानकारी दिनुभयो । पात्ले चिम्दिङ खानेपानी आयोजनाको ३ वटा ट्याकी सफा गरि फुटेका पाइपहरु मर्मत गरिएको...

  • news

    विद्युत गृह पहिरोले बगाएपछि २९७ घर अन्धकार ।

    पुस २, २०७४ भोजराज कार्की, सोलुखुम्बु ः विद्युत गृह पहिरोले बगाएपछि सुम्बुखोला लघुजलविद्युत प्रणाली देउसाको प्रशारण बन्द भएको छ । दुधकौसीका गाउँपालीका ७ मा रहेको उक्त विद्युत गृह पुस १ गते राति पहिरोले बगाएपछि प्रशारण बन्द भएको प्रणालीका मेनेजर चुडामणि केसीले जानकारी दिनुभयो ।  विद्युत प्रशारण बन्द हुँदा देउसाका करिब २ सय ९७ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।...

  • news

    सोलुखुम्बुमा चिसो बढेसंगै लोडसेडिङ पनि बढ्यो ।

    पुस २, २०७४ सोलु एफ एम, सोलुखुम्बु,    चिसो बढेसंगै सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आईतबार देखी १ घण्टा लोडसेडिङ हुने भएको छ । सल्लेरी च्याल्सा विद्युत कम्पनीबाट वितरीत विद्युतले माग धान्न नसकेपछि एक घण्टा लोडसेडिङ हुने कम्पनिका निमित्त प्रमुख रामेश्वर मास्केले जनाकारी दिनुभयो ।  शनिबार सम्म ४५ मिनेट लोडसेडिङ हुदै आएकोमा आइतबार देखि सल्लेरी तथा गार्मा बासीले एक...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org