राष्ट्रिय

  • संसदमा दर्ता भएको संशोधन विधेयकमा के छ ?

    काठमाडौं, मंसिर १५ – सरकारले संविधान संशोधनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गरेको छ ।  मन्त्रिपरिषदको बैठक सकिएपछि मंगलबार राति विधेयकको प्रस्ताव सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले सचिवालयको विधेयक शाखामा दर्ता गराउनुभएको हो ।  कानुनमन्त्री अजय शङ्कर नायकद्वारा हस्ताक्षरित पत्रसहित...

  • १० राज्यमन्त्री थपिँदै

      काठमाडौं, मंसिर १५ – मन्त्रिपरिषदमा बुधबार नेपाली कांग्रेसका १० राज्यमन्त्री थपिँदैछ । कांग्रेसले सिफारिस गरेका राज्यमन्त्रीलाई बुधबार शपथ गराउने तयारी छ । कांग्रेसबाट राज्यमन्त्रीको सिफारिसमा पर्नेहरुमा खानेपानी तथा सरसफाईमा दीपक खड्का, उद्योगमा कञ्चनचन्द्र बादे, सिंचाईमा सुरेन्द्र आचार्य, वाणिज्यमा मिठु मल्ल, श्रममा दिलीप गच्छदार, वनमा सीताराम मेहता,...

  • भावी रणनीति बनाउन एमालेको बैठक बस्दै

    काठमाडौं, मंसिर १५ – सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि भावी रणनीति तय गर्न नेकपा एमालेको संसदीय दल र पदाधिकारीको बैठक बुधबार बस्दैछ । बैठकले सडक र सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने एमालेले जनाएको छ । एमालेले कसैको प्रायोजन र निर्देशनमा संशोधन प्रस्ताव आएको भन्दै बिरोध गरिसकेको छ । मधेसी मोर्चाका नेताहरुले संशोधन प्रस्ताव दर्ता भएपछि विधेयकमा...

  • news

    शिक्षण अस्पतालका आवासीय डाक्टरले ओपिडीमा काम नगर्ने

       मंसिर १० – अनशनमा रहेका डा। गोविन्द केसीको माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै शिक्षण अस्पताल महाराजगञ्जका आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका छन् ।  ओपिडी सेवा शैक्षिक कार्यक्रम अन्तर्गतकै भएकाले शुक्रबारदेखि सेवा बहिष्कार गरेको आवासीय डाक्टरले बताएका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा साढे दुई सयको हाराहारीमा आवासीय डाक्टर छन् । उनीहरुले...

  • news

    कार्की अदालत हाजिर

    कार्तिक ३०, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की अदालत हाजिर भएका छन् ।   मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेर कार्कीले लिखित जवाफ पेश गरेका हुन् । उनीमाथि म्याद तामेलीमा अवरोधको योजना बनाई प्रतिकार समूह परिचालन गरेको आरोप थियो ।   सुटुक्क सर्वोच्च अदालत पुगेका उनले लिखित जवाफ बुझाएर फर्केका छन् । उनीविरुद्धको...

  • तरुण दलको महाधिसेनबाट आज नेतृत्व चयन गरिने ।।

      ३० कार्तिक २०७३,  सोलु एफएम, सोलुखुम्बु ।  पोखरामा जारी नेपाल तरुण दलको महाअधिवेसनबाट आज नेता छानिने भएको छ । प्रमुख तीन नेताहरुबीच सहमतिपछि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ । त्यसका लागि नेताहरुबीच छलफल भइरहेको छ । पदको भागबण्डा मिलेपछि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । तरुण दलको आगामी नेतृत्वका लागि नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री जितजंग...

  • news

    तामेल भयो लोकमानको म्याद

    २ कात्तिक, काठमाडौं । करिव एक महिनाको लामो प्रयासपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको म्याद तामेल भएको छ ।   करिव एक महिनाको लामो प्रयासपछि सोमबार बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको प्रतिवेदन मंगलबार अदालतमा प्राप्त भएको छ । अब मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ ।   काठमाडौं महानगरपालिका वडा नं १० की सचिव सरिता राईको रोहबरमा...

  • news

    व्यवसायीबीच विवादका कारण अनिश्चितकालिन यातायात बन्द

    महेन्द्रनगर, कात्तिक २ । कञ्चनपुरको महेन्द्रनगरमा यातायात व्यवसायीबीच विवाद बढ्दै गएपछि सम्पूर्ण यातायात सेवा ठप्प भएका छन् ।   कञ्चनपुरमा नयाँ यातायात प्रालिले सेवा शुरु गरेपछि भएको विवादले उग्ररुप लिंदा सम्पूर्ण यातायात सेवा नै ठप्प भएको हो । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समितिबीच विवाद...

  • news

    प्रधानमन्त्री निवास अगाडी अस्थायी शिक्षकद्वारा धर्ना

    काठमाडौं, कात्तिक २ । सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै अस्थायी शिक्षकहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिएका छन् ।   अस्थायी शिक्षक आन्दोलन संघर्ष समितिले अस्थायी शिक्षकहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर दिनुपर्ने, सम्पूर्ण अस्थायी सेवा अवधि गणना स्थायी सेवामा गर्नुपर्ने, स्थायी हुने अवसर नपाएका शिक्षकलाई औषधि उपचार खर्च र...

  • news

    सिमाना निर्धारण आयोगकै सदस्यबाट इलाकालाई मापदन्ड बनाउने निर्णय अस्वीकार

    काठमाडौं, कात्तिक २ । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगका सदस्य सुनिलरञ्जन सिंहले इलाकालाईसमेत प्रमुख आधार बनाउन सरकारले दिएको मापदन्ड अस्वीकार गरेका छन् ।   आयोगद्वारा पूर्वप्रस्तावित ५६५ स्थानीय तहको संख्या तोकिएकामा त्यसमा तराई–मधेस र थरुहट पक्षको असन्तुष्टिलाई समर्थन गर्दै अधिवक्तासमेत रहेका...

  • news

    सर्वोच्चले लोकमानका ज्वाइँलाई समेत अदालतको अवहेलनामा कारवाही गर्न सक्ने !

    २ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न खोज्दा अवरोध गर्नेलाई सर्वोच्च अदालतले कारबाही गर्न सक्ने एक अधिकारीले बताएका छन् ।   सर्वोच्चको टोली पुरानो बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेलीका लागि जाँदा सोमबार केही मानिसहरुले अवरोध गरेका थिए । जसमा कार्कीका कान्छा ज्वाइँ प्रवल थापा पनि थिए । उनी राप्रपा नेपालका अध्यक्ष कमल...

  • news

    लोकमानको घरमा म्याद नटाँस्ने कर्मचारीलाई १५ दिन जेल र एक हजार रुपैयाँ जरिवानाको चेतावनी

    २ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी र्फकने तामेलदार शम्भुबहादुर खत्रीसहित तीन जनामाथि कारवाहीको प्रक्रिया अघि बढाएको छ ।   तामिलदार खत्रीले बहानाबाजी गरेर म्याद तामेल नगरेको आशंका गर्दै अदालतले सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए १५ दिन जेल र एक हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।   सातदिने...

  • news

    मनासलु पदमार्गमा पहिरो, एक विदेशीसहित चारको मृत्यु, ६ गम्भिर

    आश्विन ६, २०७३- मनासलु पदमार्गको उहिया गाविसस्थित तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकै दोभार भन्ने ठाउँमा पहिरो जाँदा एक विदेशी पर्यटकसहित चार जनाको मृत्यु भएको छ ।   बिहीबार बिहान करिब ८ बजे पहिरो गएको स्थानीयले जनाएका छन् । पहिरोमा परि स्पेनिस नागरिकसहित ओखलढुङ्गा घर भएकी क्यान, नेपाल बस्ने २५ वर्षिया रञ्जना बस्नेत, पर्यटक गाईडहरु गोकर्ण काठमाडौं बस्ने ३५ वर्षीय...

  • news

    पहिरोले सवारी साधन चलेन, सोलुखुम्बु काठ्माण्डौ ओहोरदोहोर प्रभावित

    राजधानी र तराई दुवैतर्फ जाने सडकको दर्जनौं स्थानमा पहिरो गएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट कुनै सवारी चल्न सकेका छैनन् । लगातारको वर्षाले मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्ड र सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्ड दुवैपट्टी सडक अवरुद्ध भएपछि यात्रुहरुमा मारमा परेका छन् ।   बुधबार उदयपुरको हर्देनी–२ लप्सेस्थित ठाँटीपहिरोको दक्षिण तर्फको...

  • कर्मचारीको विरोधपछि प्राधिकरण प्रमुख गामी रिहा

    आश्विन ५, २०७३- कर्मचारीको विरोधपछि नेपाल विद्युत प्राधिकरण धादिङ शाखा प्रमुख सत्यनारायण गामी रिहा भएका छन् ।   पक्राउ परेको करिब चार घण्टापछि गामीलाई जिल्ला प्रशासन कार्यालयले छाडेको हो । आफ्ना कार्यालय प्रमुखलाई बिना कारण पक्राउ गरेको भन्दै प्राधिकरणका कर्मचारी जिल्लाभर बिजुली बन्द गरेर आन्दोलनमा उत्रेका थिए ।   वन क्षेत्र अतिक्रमण गरी घर, टहरा बनाएका संघ,...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org